१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशको सुरक्षा अवस्था र सद्भाव कायम गर्ने विषयमा प्रधानमन्त्री शाहको नेताहरूसँग छलफल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग मधेशका पछिल्ला घटनाक्रम र त्यसबाट सिर्जित अवस्थाबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा सुनसरीसहित मधेशका केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थाको समाधान, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा आगामी दिनमा यस्ता परिस्थिति दोहोरिन नदिन अपनाउनुपर्ने कदमबारे छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका राजनीतिक दलका नेताहरूबाट शान्ति सुरक्षा व्यवस्थापन र समस्या समाधानका लागि सुझाव लिएको सहभागी नेताहरूले बताएका छन् । नेताहरूका अनुसार प्रधानमन्त्रीले मधेशमा स्थायित्व कायम गर्ने विषयलाई प्राथमिकतामा राख्दै आवश्यक पहलका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा सहभागी नेताहरूले पछिल्लो घटनाक्रमबाट उत्पन्न समस्या समाधानका लागि आफूहरूले विभिन्न सुझाव दिएको र सरकारको तर्फबाट विषयलाई गम्भीरतापूर्वक लिइएको महसुस भएको बताएका छन् ।

छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेताहरूले सरकार र मधेश केन्द्रित राजनीतिक शक्तिबीचको संवादले समस्या समाधानका लागि सकारात्मक वातावरण निर्माण गर्ने धारणा राखेका छन् ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री शाहले मधेश केन्द्रित दलका प्रतिनिधिसँग संवाद अघि बढाउनु सकारात्मक पहल भएको बताए। उनले तराईका केही जिल्लामा देखिएको अवस्थाबारे समाधानमुखी सुझाव प्रस्तुत गरिएको जानकारी दिए।

त्यस्तै, नेता राजेन्द्र महतोले विगतमा मधेशसँग भएका सहमति तथा प्रतिबद्धताको कार्यान्वयनतर्फ पनि सरकारको ध्यानाकर्षण गराइएको बताए । उनले मधेशमा देखिएको समस्या समाधानका लागि सरकारी सक्रियता थप प्रभावकारी बनाउन आग्रह गरिएको उल्लेख गरे । साथै, सुनसरी घटनाको निष्पक्ष छानबिन गरी समयमै समाधान खोज्नुपर्ने विषय उठाइएको उनको भनाइ छ ।

छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो ।

0 Comments