१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिया तथा कफी क्षेत्रको संरचनागत सुधारका लागि उच्चस्तरीय कार्यदल गठन

अ+ अ-

काठमाडौँ । चिया तथा कफी क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र किसानमुखी बनाउने उद्देश्यसहित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनर्संरचना तथा सुधारका लागि उच्चस्तरीय कार्यदल गठन गरिएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्री एवं राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष गीता चौधरीको अध्यक्षतामा कीर्तिपुरस्थित बोर्डको केन्द्रीय कार्यालयमा बसेको समीक्षा बैठकले बोर्डको भावी कार्यदिशा निर्धारण गर्न तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो।

बोर्डका उपाध्यक्ष आदित्य पराजुलीको नेतृत्वमा गठन गरिएको कार्यदललाई बोर्डको संस्थागत संरचना, कार्यसम्पादन प्रणाली र आगामी रणनीतिबारे अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ। कार्यदलले दुई साताभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनेछ।

बैठकमा बोर्डका कार्यकारी निर्देशक सुरेन्द्र सुवेदीले संस्थाको वर्तमान अवस्था, हालसम्मका गतिविधि तथा आगामी योजनाबारे जानकारी गराएका थिए। त्यस्तै, बोर्डका उपाध्यक्ष पराजुलीले नेपालमा चिया तथा कफी उत्पादन, प्रशोधन, बजार व्यवस्थापन तथा प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारका विषय प्रस्तुत गरेका थिए।

मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई उत्पादनमुखी, व्यावसायिक र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन्। उनले क्षेत्रगत विकासका लागि आवश्यक सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिइन्।

बैठकमा चिया तथा कफी उत्पादनमा दिगोपन, किसानको आम्दानी वृद्धि, गुणस्तर सुधार, मूल्य अभिवृद्धि गर्ने प्रक्रिया, निर्यात विस्तार तथा बोर्डको संस्थागत क्षमता सुदृढीकरणलगायत विषयमा छलफल भएको थियो।

मन्त्रालयले चिया तथा कफी क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधार र प्रभावकारी कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राख्ने जनाएको छ। कार्यदलको प्रतिवेदनका आधारमा क्षेत्रको दीर्घकालीन विकास र संस्थागत पुनर्संरचनाका लागि थप कदम चालिने अपेक्षा गरिएको छ।

0 Comments