१६ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापान भूकम्पमा मृत्यु हुनेको संख्या ३६ पुग्यो, नौ हजारभन्दा बढी आश्रयस्थलमा

अ+ अ-

टोकियो । जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ भने नौ हजार २०० भन्दा बढी बासिन्दा अझै पनि सुरक्षित आश्रयस्थलमा बसिरहेका छन् ।

कुमामोतो प्रिफेक्चर सरकारको विपद् व्यवस्थापन मुख्यालयको शनिबार बसेको बैठकमा अधिकारीले मृतकको सङ्ख्या ३६ रहेको र छ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

प्रिफेक्चरका अनुसार मृतकमध्ये नौ जना यात्सुशिरो सहरस्थित निप्पोन पेपर इन्डस्ट्रिज कम्पनीको कारखानामा रहेको धुवाँ निस्कने चिम्नी खस्दा तथा सात जना काशिमा टाउनस्थित आयन सपिङ मलमा भएको विस्फोटमा परी ज्यान गुमाएका हुन् ।

प्रिफेक्चरभित्र अनुरोधका आधारमा सञ्चालन गरिएका अधिकांश खोज तथा उद्धार कार्य सम्पन्न भइसकेका छन् । यद्यपि, करिब २३० जना प्रहरी अधिकारीको टोलीले प्रभावित क्षेत्रमा छुटेका वा फसेका व्यक्तिको खोजी जारी राखेको छ ।

भूकम्पका कारण आवासीय संरचनामा ठूलो क्षति पुगेको छ । अधिकारीका अनुसार १८२ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २० घरमा गम्भीर, २२५ घरमा आंशिक र एक हजार ३४ घरमा सामान्य क्षति पुगेको छ । थप ८२ भवनमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । हालसम्म प्रभावित घरको सङ्ख्या एक हजार ५४३ पुगेको छ ।

प्रिफेक्चरभरि २२९ वटा आश्रयस्थल सञ्चालनमा रहेका छन्, जहाँ नौ हजार २२८ जना विस्थापितले आश्रय लिइरहेका छन् ।

पूर्वाधारमा पुगेको क्षतिका कारण करिब छ हजार घरपरिवार अझै विद्युत् सेवाबाट वञ्चित छन् भने खानेपानी अभावबाट करिब ७२ हजार घरपरिवार प्रभावित भएका छन् ।

शुक्रबार हाकाता–कुमामोतोबीचको ‘क्युशु शिन्कान्सेन’ बुलेट ट्रेन सेवा पुन: सञ्चालनमा आएको भए पनि कुमामोतो र सिन–मिनामाताबीचको सेवा अगस्ट महिनाभित्र पुन: सञ्चालन गर्न कठिन हुने अधिकारीले बताएका छन् ।

यसैबीच, जापानको मौसम विज्ञान एजेन्सीले कुमामोतो क्षेत्रमा अत्यधिक गर्मी जारी रहने चेतावनी दिएको छ । सोमबार तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

कुमामोतोका गभर्नर ताकाशी किमुराले गर्मीका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै आश्रयस्थलमा थप पोर्टेबल वातानुकूलन उपकरण जडान गर्ने तथा विस्थापितलाई वातानुकूलित सुविधा भएका स्थानमा सार्ने योजना रहेको बताए ।

मङ्गलबार स्थानीय समयअनुसार अपराह्न ४:२७ बजे दक्षिण–पश्चिम जापानको कुमामोतो क्षेत्रमा सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको भूकम्पीय तीव्रता मापन प्रणालीमा यसको अधिकतमस्तर सात पुगेको थियो, जसमा मानिसलाई उभिन वा सुरक्षित रूपमा हिँड्नसमेत कठिन हुने अवस्था हुन्छ ।

0 Comments