१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-मंगोलिया सम्बन्ध विस्तारमा जोड, बौद्ध संस्कृति र चेस विकासमा सहकार्यको प्रस्ताव

अ+ अ-

काठमाडौँ । मंगोलियाले नेपालसँग बौद्ध धर्मका मूल्य-मान्यता, सांस्कृतिक आदान–प्रदान तथा चेस खेलको विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छा व्यक्त गरेको छ।

नेपाल भ्रमणमा रहेका मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजाभिन जान्दानशातारले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा यस्तो धारणा राखेका हुन्।

भेटमा नेपाल-मंगोलिया द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, व्यापार, भूराजनीतिक समानता तथा बौद्ध धर्मसँग सम्बन्धित साझा मूल्य र संस्कृतिका आधारमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल भएको थियो।

पूर्वप्रधानमन्त्री जन्दानशातारले नेपाल र मंगोलिया दुवै भूपरिवेष्टित मुलुक भएकाले साझा चुनौती र अवसर रहेको उल्लेख गर्दै बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा यस्ता साना राष्ट्रहरूले आपसी सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले दुवै मुलुकलाई साझा बौद्ध परम्परा र सांस्कृतिक सम्बन्धले जोडेको उल्लेख गर्दै नेपाल र मंगोलिया एक–अर्काका आध्यात्मिक साझेदारका रूपमा रहेको धारणा व्यक्त गरे। यसै सन्दर्भमा उनले बौद्ध संस्कृति संरक्षण तथा प्रवर्द्धनसँगै नेपालमा चेस खेलको विकासमा पनि सहकार्य गर्न मंगोलिया तयार रहेको बताए।

परराष्ट्र मन्त्री खनालले नेपाल र मंगोलियाबीच भूराजनीतिक तथा भौगोलिक अवस्थाका हिसाबले धेरै समानता रहेको उल्लेख गर्दै विकास, व्यापार, साझेदारी र बौद्ध मूल्य-मान्यताका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल सकारात्मक रहेको बताए।

उनले भूपरिवेष्टित राष्ट्रहरूको साझा हित र अधिकारका विषयमा दुवै देशले अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्न सक्ने धारणा राख्दै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने मंगोलियाको अनुभव नेपालका लागि पनि उपयोगी हुन सक्ने बताए।

भेटवार्तामा नेपाल-मंगोलिया कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उपाय तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे पनि विचार आदान-प्रदान भएको थियो। मन्त्री खनालले नेपालको वर्तमान सरकार मंगोलियासँग आध्यात्मिक तथा द्विपक्षीय साझेदारीलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

0 Comments