१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुनसरी लगायत पूर्वी तराईका जिल्लाहरूमा भएका घटनाहरूको निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन गर्न माग गरेको छ । 

सोमवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको काँग्रेस संसदीय दलको बैठकले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई ‘कर्मकाण्डी’ संज्ञा दिँदै उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका महामन्त्री प्रदीप पौडेलले सुनसरीमा दुई समुदायबीच भएको झडप र सुनसरी तथा सिरहामा गरी तीन जनाको मृत्यु भएको घटनालाई पार्टीले गम्भीरताका साथ लिएको बताए । 

काँग्रेसले यस विषयलाई प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनमा सशक्त रूपमा उठाउने र न्यायिक समिति निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । यस प्रक्रियामा अन्य विपक्षी दलहरूसँग पनि सहकार्य र समन्वय गरिने महामन्त्री पौडेलले बताए । 

नागरिकका मुद्दा र आवाजलाई संसदसम्म प्रभावकारी रूपमा पुर्‍याउन नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई जिल्लागत जिम्मेवारी तोक्ने निर्णय गरेको छ । काँग्रेसको तर्फबाट प्रतिनिधित्व नभएका जिल्लाहरूमा समेत राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई खटाई नागरिकसँग प्रत्यक्ष संवाद र समन्वय गर्ने संयन्त्र तयार पारिएको छ । 

बैठकले सांसदका स्वकीय सचिवहरूको नियुक्तिमा निश्चित मापदण्ड निर्धारण गर्ने र सोही आधारमा मात्र स्वकीय सचिव प्रस्ताव गर्ने निर्णय पनि गरेको छ । साथै, सांसदहरूको कार्यक्षमता र प्रभावकारिता अभिवृद्धि गर्न पार्टीका तर्फबाट एक दिवसीय अभिमुखीकरण तथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णयलाई संसदीय दलले अनुमोदन गरेको छ । बैठकमा समसामयिक राजनीतिक विषय र संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने सन्दर्भमा समेत छलफल भएको छ ।

0 Comments