१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बागमती कोरिडोरको ‘बोटलनेक’ हटाउने क्रममा सेनासँग कुनै विवाद भएको छैन’ : सांसद पाण्डे

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले बागमती कोरिडोरको ‘बोटलनेक’ हटाउने क्रममा नेपाली सेनासँग कुनै प्रकारको विवाद वा दुर्व्यवहार नभएको दाबी गरेका छन् । 

मंगलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पाण्डेले स्थानीय जनताको वर्षौँदेखिको समस्या समाधान गर्न आफूले समन्वयकारी भूमिका मात्र निर्वाह गरेको दाबी गरेका हुन् । 

विगत १५–२० वर्षदेखि माकलवारी क्षेत्रमा रहेको बागमती कोरिडोरको अवरोध (बोटलनेक) हटाउन स्थानीय बासिन्दाले पटक–पटक माग गर्दै आएको उल्लेख गर्दै पाण्डेले सो सडक खुलाउन आफूले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, उपत्यका नगर विकास प्राधिकरण र भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरेको जानकारी दिए ।

पाण्डेकाअनुसार सो जग्गा नेपाल ट्रष्टको भए पनि कोरिडोरको मापदण्डभित्र पर्ने भएकाले विकास निर्माणकै सिलसिलामा पर्खाल भत्काइएको हो । सुरुमा केही असमझदारी देखिए पनि पछि सेनाका महासेनानी (कर्णेल) गंगा बरालसँगको समन्वयमा दिनभर बसेर सडक खुलाउने कार्य सम्पन्न भएको उनले बताए । उनले आफूले ‘क्याप्टेन साप’ भनेर सम्बोधन गरेको र कुनै पनि धम्की वा धाक नलगाएको स्पष्ट पारे । 

सांसद पाण्डेले भने, ‘सडक खुलाउने क्रममा सूचना पुग्न केही मिनेट ढिलाइ भएका कारण नेपाली सेनाका एक क्याप्टेन कार्यस्थलमा आउनुभएको थियो । उहाँसँग सामान्य संवाद भएको हो, जसलाई सामाजिक सञ्जालमा अतिरञ्जित गरियो। मैले फौजी पृष्ठभूमिबाट आएको हुनाले सेनाको मर्यादा र वर्दीको सम्मान बुझेको छु । यो मेरो व्यक्तिगत विषय नभएर सार्वजनिक हितको काम हो । १५–२० वर्षदेखि रोकिएको काम सम्पन्न हुँदा स्थानीय जनता हर्षित छन् । म जनप्रतिनिधि भएका नाताले जनताको मुद्दा बोक्न डराउँदिन ।’

प्रधानमन्त्रीसँगको संवाद र माफी माग्ने प्रसङ्गबारे सोधिएको प्रश्नमा उनले सो विषयमा स्पष्ट जानकारी नदिए पनि आफूहरू सत्तापक्षको सांसद भएको नाताले नियमित सम्पर्कमा रहने बताए । उनले केही तत्त्वहरूले विकासको कामलाई ओझेलमा पारेर संस्थागत द्वन्द्व निम्त्याउन खोजेको आरोप समेत लगाए ।

0 Comments