२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण सुडानका लागि सशस्त्र प्रहरीको १३औँ एफपियु टोलीको बिदाइ

अ+ अ-

काठमाडौँ। संयुक्त राष्ट्रसंघ अन्तर्गत दक्षिण सुडानमा सञ्चालन भइरहेको शान्ति स्थापना मिसनका लागि खटिन जाने सशस्त्र प्रहरी बल नेपालको ‘फर्म्ड पुलिस युनिट’ (एफपियु) को १३औँ डफ्फालाई बिदाइ गरिएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले टोलीलाई बिदाइ गर्दै मिसनमा नेपालको प्रतिष्ठा र अन्तर्राष्ट्रिय छवि कायम राख्ने गरी उच्च व्यावसायिकता, अनुशासन र इमान्दारितासाथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तको नेतृत्वमा १६० सदस्यीय टोली साउन २१ गते दक्षिण सुडान प्रस्थान गर्ने कार्यक्रम छ । उक्त टोलीले हाल युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (युएनमिस) अन्तर्गत जुबामा कार्यरत १२औँ डफ्फालाई प्रतिस्थापन गर्नेछ ।

महानिरीक्षक पौडेलले शान्ति मिसनमा कार्यरत रहँदा मानवअधिकारको सम्मान, व्यावसायिक आचरण र जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध रहन निर्देशन दिए । उनले यौन शोषण तथा दुर्व्यवहारप्रति ‘शून्य सहनशीलता’को नीति कडाइका साथ पालना गर्न पनि जोड दिए ।

यसैगरी, मिसनका क्रममा आर्थिक पारदर्शिता कायम राख्न तथा उपलब्ध गराइएको बजेटको मितव्ययी र प्रभावकारी उपयोग गर्न उनले टोलीलाई निर्देशन दिएका छन् ।

0 Comments