२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुटपाटको प्रतिरोध गर्दा युगान्डाका राष्ट्रिय टोलीका फुटबलर डेभिड ओओरीको मृत्यु

अ+ अ-

काठमाडौँ । युगान्डाका राष्ट्रिय फुटबल टोलीका सदस्य तथा स्पोर्ट्स क्लब भिल्लाका कप्तान डेभिड ओओरीको राजधानी कम्पालामा भएको आक्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ। २७ वर्षीय ओओरीको निधनसँगै युगान्डाको खेल क्षेत्र शोकमा डुबेको छ।

प्रहरीका अनुसार आफ्नै घर नजिक फर्किरहेका बेला ओओरीमाथि लुटेराहरूको समूहले आक्रमण गरेको थियो। मोबाइल फोन र अन्य सामान लुट्ने प्रयासको प्रतिरोध गरेपछि उनीमाथि ढुंगाले निर्घात कुटपिट गरिएको जनाइएको छ।

आक्रमणपछि घटनास्थलबाट फरार भएका आक्रमणकारीले ओओरीका सामान पनि लगेका थिए। गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई तत्काल स्थानीय क्लिनिक हुँदै थप उपचारका लागि ठूलो अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ओओरी युगान्डाको प्रतिष्ठित स्पोर्ट्स क्लब भिल्लाका कप्तान थिए। उनले युगान्डाको राष्ट्रिय टोलीबाट पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेका थिए। मैदानमा ‘कोलगेट’ उपनामले परिचित उनी डिफेन्डर र मिडफिल्डर दुवै भूमिकामा प्रभावकारी प्रदर्शन गर्ने खेलाडीका रूपमा चिनिन्थे।

उनकै कप्तानीमा स्पोर्ट्स क्लब भिल्लाले सन् २०२४ मा दुई दशकपछि राष्ट्रिय लिगको उपाधि जित्न सफल भएको थियो।

ओओरीको निधनप्रति युगान्डाको फुटबल समुदाय, राजनीतिक नेतृत्व तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गरेका छन्। युगान्डाको संसदले उनको सम्मानमा एक मिनेट मौनधारण गरेको छ भने युगान्डा फुटबल महासंघले उनलाई मैदानभित्र र बाहिर दुवै स्थानमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरेको छ।

यस घटनापछि कम्पालामा बढ्दो हिंसात्मक अपराधप्रति व्यापक चिन्ता व्यक्त गरिएको छ। केही साताअघि मात्रै रग्बी खेलाडी सिड्नी गोङ्गोडियोको पनि यस्तै प्रकृतिको घटनामा ज्यान गएको थियो। त्यसपछि सामाजिक सञ्जालमा राजधानीको सुरक्षा अवस्थामाथि प्रश्न उठाउँदै अपराध नियन्त्रण र दोषीमाथि कडा कारबाहीको माग बढेको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको र अनुसन्धानका क्रममा आवश्यक प्रमाण संकलन भइरहेको जनाएको छ।

0 Comments