२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैंगिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने बताएकी छन् । 

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भीडभाड तथा आवागमनसम्बन्धी व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याएको बताइन् । 

मन्त्री बादीले ‘ब्लु बस’ सेवाले लैंगिक असमानतालाई प्रोत्साहन नगर्ने स्पष्ट पार्दै असमान अवस्था र विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार विशेष संरक्षण, सुविधा र अवसर उपलब्ध गराउनु पनि वास्तविक समानताको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गरिन्। “समानताको अर्थ सबै नागरिकलाई सधैँ एउटै व्यवहार गर्नु मात्र होइन,” उनले भनिन् ।

 ‘ब्लु बस’ सेवाको उद्देश्य महिलालाई सार्वजनिक जीवनबाट अलग गर्नु नभई उनीहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु हो । यो सेवाले महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्न रोक नलगाउने र नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन पनि नगर्ने उनको भनाइ थियो ।

मन्त्री बादीले महिलाको तत्काल सुरक्षा सुनिश्चित गर्ने लक्षित सेवासँगै सबैका लागि सुरक्षित र सम्मानजनक सार्वजनिक यातायात प्रणाली निर्माण गर्ने दीर्घकालीन सुधारलाई पनि सँगसँगै अघि बढाइने बताइन् । उनले सार्वजनिक यातायातलाई सुरक्षित र प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । 

 सरकारले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसाविरुद्धका कानुनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सवारीसाधनमा सिसिटिभी जडान, राइड–सेयरिङ एपमा एसओएस बटनको व्यवस्था तथा प्रविधिमा आधारित सुरक्षा र अनुगमन प्रणालीलाई  प्रभावकारी बनाउने छ ।

0 Comments