२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत लगायत ६ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ। रुकुम पश्चिमको दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत वितरण गरिएको अनुदानमा अनियमितता गरेको आरोपमा आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ सरकारी कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। यस प्रकरणमा नगरप्रमुख र सहकारीका पदाधिकारीसहित कुल ११ जनालाई प्रतिवादी बनाइएको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रम कार्यान्वयनका क्रममा कार्यविधि विपरीत प्रस्ताव मूल्यांकन गरी अनुदानका लागि योग्य नभएको आठबीसकोट दुग्ध सहकारी संस्थासँग सम्झौता गरी चिस्यान केन्द्र निर्माणका लागि ९१ लाख १७ हजार ८७३ रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो।

यस्तै, चिस्यान केन्द्र स्थापना भएको दुई वर्षसम्म सञ्चालनमा नआएको जानकारी हुँदाहुँदै आठबीसकोट नगरपालिकाबाट सोही सहकारीलाई ८० लाख २३ हजार ५१ रुपैयाँ बराबरको एउटा मिल्क ट्यांकर र दुई वटा सिंगल क्याब गाडी अनुदानमा उपलब्ध गराइएको तथा ती सवारीसमेत प्रयोगविहीन अवस्थामा रहेको आयोगले जनाएको छ।

आरोप पत्रमा आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन पशु विकास अधिकृत तथा निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी, पशु स्वास्थ्य अधिकृत तथा तत्कालीन निमित्त कार्यालय प्रमुख ज्ञानुकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन तथा कृषि विकास कार्यालयका कृषि अधिकृत मीनबहादुर केसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरिएको छ।

यसै मुद्दामा आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसी तथा आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले सरकारी कर्मचारी तथा अन्य प्रतिवादीले कार्यविधि विपरीत अनुदान उपलब्ध गराई सहकारीलाई गैरकानुनी लाभ र राज्यलाई हानि-नोक्सानी पुर्‍याएको दाबी गर्दै बिगो असुल, जरिवाना र कैद सजायको मागसहित विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ।

0 Comments