२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्यांकरबाट पेट्रोलियम पदार्थ चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न ७ जना पक्राउ

अ+ अ-

वीरगञ्ज । आईसीपीबाट जाँचपास भई नेपाल प्रवेश गरेको ट्यांकरबाट अनधिकृत रूपमा पेट्रोलियम पदार्थ निकालेर बिक्री-वितरण गर्ने कार्यमा संलग्न सात जनालाई ट्यांकरसहित प्रहरीले पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डस्थित सौदागर आयल सेन्टरबाट पेट्रोल पम्प सञ्चालकसहित सात जनालाई ट्यांकरसहित पक्राउ गरिएको हो ।

बिहीबार साँझ करिब ५:१० बजे ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा लगाइएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर तेल निकालिरहेको अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३ मालपोत चोकका ५५ वर्षीय सुनैन मियाँ, वीरगञ्ज–१५ लक्ष्मणवाका २३ वर्षीय असलम हवारी र वीरगञ्ज–११ श्रीपुरका २१ वर्षीय रफिक मियाँ रहेका छन् । मियाँ पेट्रोल पम्पका सञ्चालक, हवारी लेखा कर्मचारी र रफिक क्यासियर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ का २० वर्षीय सन्देश राना मगर र हेटौँडा–१० का ४६ वर्षीय केशर राम सुनार पनि पक्राउ परेका छन् । उनीहरू क्रमशः ना.७ ख २८०४ नम्बरको ट्यांकरका सहचालक र चालक हुन् ।

प्रहरीका अनुसार हेटौँडा–१४ का ५० वर्षीय मन्द सिंह लामा र सोही स्थानका २७ वर्षीय उमेश राना मगरसमेत पक्राउ परेका छन् । लामा ना।७ ख १५३९ नम्बरको ट्यांकरका चालक र राना मगर सोही ट्यांकरका सहचालक हुन् ।

घटनामा प्रयोग भएका ट्यांकरसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments