२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सकको विशेष परीक्षामा ९३ प्रतिशत उत्तीर्ण, चीनबाट पढेका ३७ मध्ये ८ जना मात्रै सफल

अ+ अ-

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष परीक्षा (स्पेसल एक्जामिनेसन) मा नेपालका शैक्षिक संस्थाबाट अध्ययन गरेका चिकित्सकको तुलनामा केही विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका परीक्षार्थीको नतिजा कमजोर देखिएको छ।

काउन्सिलले साउन ७ र ८ गते सञ्चालन गरेको परीक्षामा नेपाल तथा विभिन्न मुलुकका शैक्षिक संस्थाबाट चिकित्सा शिक्षा अध्ययन गरेका एक हजार १३ जना सहभागी भएका थिए।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले साउन २२ गते जारी गरेको सूचनाअनुसार परीक्षामा ९४७ जना अर्थात् ९३।४८ प्रतिशत उत्तीर्ण भएका छन् भने ६५ जना अनुत्तीर्ण भएका छन्।

नेपालका शैक्षिक संस्थाबाट अध्ययन गरेका ९१९ जना परीक्षार्थीमध्ये १५ जना मात्रै अनुत्तीर्ण भएका छन्। यस आधारमा नेपालमा अध्ययन गरेका परीक्षार्थीको उत्तीर्ण दर करिब ९८.४ प्रतिशत देखिन्छ।

विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेकामध्ये भने देशअनुसार नतिजामा उल्लेख्य अन्तर देखिएको छ। भारतबाट अध्ययन गरी परीक्षामा सहभागी १७ जनामध्ये १३ जना अर्थात् ७६.४७ प्रतिशत उत्तीर्ण भएका छन्।

पाकिस्तानबाट अध्ययन गरेका नौ जना परीक्षार्थी भने सबै उत्तीर्ण भएका छन्।

चीनबाट चिकित्सा शिक्षा अध्ययन गरेका ३७ जना परीक्षार्थीमध्ये आठ जना अर्थात् २१.६२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। २८ जना अनुत्तीर्ण भएका छन्।

त्यस्तै, इजिप्टबाट अध्ययन गरेका १९ जनामध्ये आठ जना अर्थात् ४२.११ प्रतिशत उत्तीर्ण भएका छन्। किर्गिस्तानबाट सहभागी पाँच जनामध्ये दुई जना र फिलिपिन्सबाट सहभागी पाँच जनामध्ये दुई जना उत्तीर्ण भएका छन्।

अमेरिकाबाट अध्ययन गरी सहभागी एक जना र बेलारुसबाट सहभागी एक जना भने अनुत्तीर्ण भएका छन्।

चिकित्सा शिक्षा अध्ययन पूरा गरेपछि नेपालमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलले तोकेको परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था छ। काउन्सिलले चिकित्सकीय अभ्यासका लागि आवश्यक योग्यता परीक्षण गर्न नियमित रूपमा परीक्षा सञ्चालन गर्दै आएको छ।

0 Comments