२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल सुरु गर्न सरकारलाई अध्यक्ष हर्क साम्पाङको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीमाथि थप पीडा दिने कार्य गर्न नहुनेमा समेत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनले सहकारपीडितको बचत रकम तत्काल फिर्ता गर्न पनि माग गरे । उनले सहकारी बचत रकम अपचलनमा संलग्न व्यक्तिको जायजेथाबाट रकम असुल गरी पीडित बचत फिर्ता गर्नुपर्ने बताए । उनले सहकारी पीडितले फेरि पनि काठमाडौँको माइतीघरमा आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन समेत सरकारलाई सचेत गराए । अध्यक्ष राई जनकपुरमा आफूहरू जाँदा श्रमदातामाथि कुटपिट तथा दुर्व्यवहार भएको दाबी गरे । 

उनले भने, ‘सरकारले सहकारपीडितको पैसा फिर्ता गर्नुपर्छ । क-कसले ठगी गरेको हो । ठगी गरेकाहरूको जायजेथाबाट असुलेर तुरुन्त फिर्ता गर्नुपर्छ । माइतीघरमा जहिले पनि पीडितहरू आएर आन्दोलन गरिराख्नु नपरोस् । यसतर्फ सरकारले ध्यान देओस् । सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको बारेमा पनि सरकारले ध्यान दिनुपर्छ । सुकुम्वासी तथा व्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको थालनी तत्काल गरियोस् । अनि, हामी अस्ति जनकपुर जाँदा हाम्रा श्रमदातामाथि कुटपिट र दुर्व्यवहारको घटना भयो । घटनामा संलग्नलाई समेत सरकारले कारबाही गर्नुपर्छ । यदि सरकारी पक्षको पनि त्यसमा संलग्नता छ भने हाम्रो पनि संलग्नता छ भनेर भनिदिनुपर्‍यो । होइन भने नागरिकलाई देशभित्रै निषेध गर्ने छुट छैन । यो हिन्दु सम्राट् सेना भनेको नेपाली सेनाको समानान्तर सेना हो कि कस्तो सेना हो ? यो विषयमा पनि सरकारले खोज गरोस् । सेना नाम गरेका सबैलाई निषेध गरोस् भनेर पनि भन्न चाहन्छु । होइन भने त्यस्तो अनुमति कसैलाई हुँदैन यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।’

उनले खाना पकाउने एलपी ग्यासको अभाव रहेको उल्लेख गर्दै यसतर्फ समेत सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका छन्।

0 Comments