२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवा सुधारमा उत्कृष्ट सरकारी अस्पताल छनोट गरी पुरस्कृत गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्ने सरकारी अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने भएको छ।

मन्त्रालयले सूचना जारी गर्दै संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सञ्चालित सरकारी अस्पतालमध्ये ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ कार्यान्वयनमा उत्कृष्ट नतिजा देखाउने अस्पताललाई निकट भविष्यमा पुरस्कृत गर्ने योजना रहेको जनाएको हो।

सरकारले अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्दै नागरिकमुखी र प्रभावकारी सेवा प्रवाहलाई प्रोत्साहन गर्न उत्कृष्ट अस्पताल छनोटको अवधारणा अघि सारेको हो।

मन्त्रालयका अनुसार २०८२ चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’मा स्वास्थ्य क्षेत्र सुधारअन्तर्गत अस्पतालको सेवा सुधारलाई पहिलो प्राथमिकतामा राखिएको छ।

सोहीअनुसार ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याइएको छ। कार्यविधि कार्यान्वयनमा रहे पनि अस्पतालको सेवा प्रवाहमा अपेक्षित सुधार ल्याउन थप पहल आवश्यक देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले संघीय सरकार मातहतका मात्रै नभई प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी अस्पताललाई समेत उत्कृष्ट अस्पताल छनोट प्रक्रियामा समेट्ने जनाएको छ।

कार्यविधि प्रभावकारी रूपमा कार्यान्वयन गरी सेवाको गुणस्तर, प्रभावकारिता र नागरिकमैत्री सेवा प्रवाहमा उत्कृष्टता देखाउने अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने मन्त्रालयको योजना छ।

यसका लागि सबै तहका सरकारी अस्पताललाई कार्यविधि प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा अस्पतालको सेवालाई जनअपेक्षाअनुरूप सुधार गर्न मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले अस्पताल तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन प्रतिबद्ध रहेकोसमेत जनाएको छ।

0 Comments