२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण गर्न सकिँदैन’: ट्राफिक प्रहरी

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्न नसकिने बताएका छन् । 

आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीतर्फ जानुपर्नेमा जोड दिए। सडक अनुशासन उल्लंघनका कारण निर्दोष नागरिकको ज्यान जाने क्रम रोक्न प्रविधिको प्रयोगसंग पूर्वाधार विकास तथा ट्राफिक शिक्षा अति आवश्यक रहेको बताए ।

मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति सडक दुर्घटनाका प्रमुख कारण रहेको उनको भनाई छ । सडक नियम पालना नगर्ने चालकका कारण नियम पालना गरिरहेका अन्य सडक प्रयोगकर्तासमेत जोखिममा पर्ने गरेको उनले बताए । उनले ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा क्षेत्रका ‘थ्री ई’ अर्थात् इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट तीनै पक्षलाई प्रभावकारी बनाउनुपर्ने बताए । सडकको डिजाइन तथा पूर्वाधार सुधारसँगै ट्राफिक शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समेट्नुपर्ने उनको भनाई छ ।

उनले नेपालमा हालसम्म ट्राफिक नियमसम्बन्धी शिक्षा नेपालको कुनै विद्यालय तथा विश्वविद्यालयमा पढाई नहुने गुनासो गरे । उनकाअनुसार ट्राफिक प्रहरीले पछिल्लो समय विद्यालय, कलेज तथा विश्वविद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामाजिक सञ्जालमार्फत हरेक साता करिव २० देखि ३० लाख मानिससम्म ट्राफिक सचेतनामूलक सामग्री पुर्‍याउने र प्रत्यक्ष रूपमा मासिक तीनदेखि चार लाख मानिसलाई सचेतना कार्यक्रममार्फत जोड्ने प्रयास भइरहेको उनले बताए । ट्राफिक नियम उल्लंघनपछि सञ्चालन हुने सचेतना कक्षाले पनि प्रभावकारी परिणाम दिएको उनको दाबी छ । कक्षामा सहभागी अधिकांशले ट्राफिक नियमसम्बन्धी शिक्षा चालक अनुमतिपत्र लिने समयमै पाएमा अझ प्रभावकारी हुने उनको भनाई छ ।

उनले भने, ‘सडकमा सडक प्रयोगकर्ताले सडक अनुशासन पालना नगर्दिएको कारणले निर्दोष व्यक्तिहरूको जीवन चाहिँ गइरहेको छ । मादक पदार्थ सेवन गरेर सडकमा आइदिने, लागु पदार्थ सेवन गरेर सडकमा आइदिने, त्यसैगरी अर्को तीव्र गतिमा सडक सवारी साधनहरू सडकमा प्रयोग गर्ने, जसको कारणले अरू जसले सडक नियम पालना गरिरहनुभएको थियो उनीहरूको जीवन चाहिँ धरापमा अथवा क्षति हुने अवस्था जुन छ यो अवस्थालाई न्यूनीकरण गर्नको लागि अब ट्राफिकले सिटी फुकेर मात्र यो सम्भव हुँदैन त्यसैले हामी फेसलेस ट्राफिकको कन्सेप्टमा जानुपर्छ । हामी भनेको रेगुलेटरी एजेन्सी हौँ । रेगुलेटरी एजेन्सीले सरकारले बनेका नियम कानुनहरूको पालना गराउने हाम्रो प्रमुख दायित्व हो र हामीले अहिले त्यही नै गरिरहेका छौँ । ट्राफिकिङमा तीन ओटा ‘इ’ भन्छ । ‘थ्री इज’ इन रोड ट्राफिक सेफ्टी भन्छ, त्यसमा एउटा इन्जिनियरिङ हो, रोड इन्जिनियरिङको अवस्था । त्यसैगरी दोस्रो ‘इ’ मा एजुकेसन हो । अब दुर्भाग्य रूपमा भन्नुपर्छ, नेपालबाट धेरै विषयमा डिग्री अथवा इभन पिएचडी सम्म लगायतका धेरै विषयमा पढाइ हुन्छ तर ट्राफिक सम्बन्धी जानकारी दिने एउटा एक शब्द पनि नेपालको कुनै पनि पाठ्यक्रममा छैन । पछिल्लो समयमा हरेक विद्यालय, कलेज अथवा युनिभर्सिटी लगायत यो सडकमा आउने जति पनि सडक उपभोक्ताहरू हुनुहुन्छ उहाँहरूलाई हाम्रो गच्छे र क्षमताले भ्याएसम्म हामीले ट्राफिक सचेतना कार्यक्रमहरू सञ्चालन गरेका छौँ ।’

उनले ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल्नु नभई सडक दुर्घटना न्यूनीकरण गर्नु रहेको स्पष्ट पारे । उनले ट्राफिक प्रहरीलाई कारबाही गर्दा नागरिकसँग रुखो व्यवहार नगर्न निर्देशनसमेत दिए । ट्राफिक प्रहरीले कानुन कार्यान्वयन गराउँदा नम्र भाषा प्रयोग गर्नुपर्ने, नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने र कारबाही प्रक्रिया पारदर्शी बनाउनुपर्ने उनको भनाइ छ । उनले ट्राफिक प्रहरीमाथि आउने आलोचनाको प्रमुख कारण कामभन्दा पनि काम गर्ने शैली र व्यवहार भएको बताए ।

यसलाई सुधार गर्न उनले निर्देशन दिए । उनले सडक दुर्घटनामा कमी आए पनि हालको अवस्था सन्तोषजनक नरहेको बताए । उनकाअनुसार नेपालमा दैनिक औसत आठ जनाको सडक दुर्घटनामा मृत्यु हुने र करिव ७५ जना गम्भीर घाइते हुने अवस्था रहेको छ । गत वर्षको तुलनामा सडक दुर्घटनामा करिव २० प्रतिशत कमी आएको भए पनि त्यसलाई पर्याप्त मान्न नसकिने उनको भनाई छ । आगामी वर्ष दुर्घटना अझ घटाउने लक्ष्यका साथ ट्राफिक प्रहरीले काम गर्नुपर्ने उनले बताए।

0 Comments