२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिव तीर्थराज भट्टराईसहित सात प्रतिवादीको मुद्दामा बहस जारी

अ+ अ-

काठमाडौँ । भिजिट भिसामार्फत हुने अनियमिततासँग जोडिएको भ्रष्टाचार प्रकरणमा अध्यागमन विभागका तत्कालीन सहसचिव तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध दायर मुद्दामा विशेष अदालतमा सुनुवाइ अघि बढेको छ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित तीन जनामाथि भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगसमेत लगाएको छ।

अख्तियारले मुख्य प्रतिवादी भट्टराईबाट ७९ लाख ८० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना तथा ६ देखि ८ वर्षसम्म कैदको माग गरेको छ। कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका कारण थप तीन वर्ष कैद सजाय हुनुपर्ने दाबीसमेत अभियोग पत्रमा गरिएको छ।

त्रिभुवन विमानस्थल अध्यागमनका तत्कालीन अधिकृत यज्ञराज अर्यालविरुद्ध ८ लाख रुपैयाँ बिगो तथा सोही रकम बराबर जरिवाना र २ देखि ४ वर्षसम्म कैद सजायको माग दाबी छ।

त्यस्तै, मतियारको अभियोग लगाइएका ग्रिनलाइन होलिडेज ट्राभलका प्रमुख बालकृष्ण खड्का र फेमिली होलिडेज ट्राभल्सका सञ्चालक राम खड्काविरुद्ध जनही ३० लाख २० हजार रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरूबाट बिगो बराबर जरिवाना असुल गरी ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने अख्तियारको माग छ।

फेमिली होलिडेज ट्राभल्सका सञ्चालक दीपक भण्डारीविरुद्ध १० लाख ६० हजार रुपैयाँ बिगो तथा सोही रकम बराबर जरिवाना र २ देखि ४ वर्षसम्म कैद सजायको माग गरिएको छ।

यसै प्रकरणमा बिचौलियाको भूमिकामा रहेको आरोप लागेका कविता पौडेल र खेमप्रसाद सुवेदीविरुद्ध जनही ७९ लाख ८० हजार रुपैयाँ बिगो कायम छ। उनीहरूलाई पनि बिगो बराबर जरिवाना र ६ देखि ८ वर्षसम्म कैद सजाय हुनुपर्ने अभियोग पत्रमा उल्लेख छ।

भिजिट भिसा प्रकरणबाट प्राप्त रकमलाई गैरकानुनी रूपमा परिचालन तथा शुद्धीकरण गरेको आरोपमा भट्टराई, पौडेल र सुवेदीविरुद्ध छुट्टै सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगसमेत लगाइएको छ। उक्त कसुरमा तीनै जनाबाट जनही १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो असुल, सोही बराबर जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजायको माग गरिएको छ।

अख्तियारको अभियोगअनुसार भट्टराईले गैरकानुनी रूपमा प्राप्त गरेको रकम पौडेल र सुवेदीमार्फत परिचालन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप छ। मुद्दामा प्रतिवादीहरूको संलग्नता, बिगो तथा मागदाबीका विषयमा अदालतबाट हुने सुनुवाइपछि कानुनी निष्कर्ष तय हुनेछ।

0 Comments