२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा मतदाता लक्षित निर्वाचन शिक्षा विस्तार गर्दै आयोग

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले युवा तथा पहिलो पटक मतदान गर्ने मतदातालाई निर्वाचन प्रक्रियाबारे सचेत र सूचित बनाउने उद्देश्यले निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ। यसैक्रममा आयोगले सोमबार ‘निर्वाचन प्रणाली र यसका विविध पक्षहरू’ विषयमा अन्तरक्रिया तथा छलफल गरेको छ।

त्रिचन्द्र बहुमुखी क्याम्पस, काठमाडौँमा बीए तेस्रो वर्षमा राजनीति शास्त्र अध्ययनरत विद्यार्थीहरूको सहभागितामा साउन २५ गते कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा निर्वाचन प्रणाली, निर्वाचन प्रक्रिया तथा यससँग सम्बन्धित विविध विषयमा विद्यार्थीहरूले राखेका प्रश्न र जिज्ञासामाथि आयोगका पदाधिकारी तथा कर्मचारीले जानकारी दिएका थिए।

निर्वाचन आयोगका तर्फबाट निर्वाचन आयुक्त डा। जानकीकुमारी तुलाधर, निर्वाचन शिक्षा तथा तालिम शाखा प्रमुख उपसचिव कमल ज्ञवाली र आयोगका सूचना अधिकारी सुमन घिमिरेले विद्यार्थीका प्रश्न तथा जिज्ञासाको जवाफ दिएका थिए। कार्यक्रमको सञ्चालन शाखा अधिकृत तुलसीराम भगतले गरेका थिए।

आयोगले विशेष गरी युवा तथा पहिलो पटक मतदान गर्ने मतदातालाई लक्षित गरी निरन्तर निर्वाचन शिक्षा सञ्चालन गर्दै आएको जनाएको छ।

निर्वाचन शिक्षामार्फत सचेत, सूचित र जिम्मेवार मतदाता निर्माण गर्ने, निर्वाचनसँग सम्बन्धित गलत सूचना तथा भ्रम न्यूनीकरण गर्ने र निर्वाचन प्रक्रियाप्रति नागरिकको विश्वास तथा सहभागिता बढाउने आयोगको उद्देश्य छ।

त्यस्तै, निर्वाचन र मतदान प्रक्रियाबारे नागरिकको बुझाइ अभिवृद्धि गर्दै लोकतान्त्रिक संस्कारलाई थप सुदृढ बनाउने उद्देश्यले यस्ता अन्तरक्रिया तथा निर्वाचन शिक्षासम्बन्धी गतिविधिलाई निरन्तरता दिइएको आयोगले जनाएको छ।

0 Comments