२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानबाट हत्याको धम्कीपछि ट्रम्पले गोप्य रूपमा विमान फेरेको खुलासा

अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ । उनले ठूलो एयर फोर्स वन विमान चढेको देखिए पनि त्यसबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत टर्की छाडेको वासिङ्टन पोस्टले सोमबार जनाएको छ ।

 पोस्टसँग कुरा गरेका एक अज्ञात अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति ट्रम्प जुलाई ८ मा अंकारामा एयर फोर्स वन विमानमा चढेका थिए । त्यसपछि उनी विमानमा जोडिएको खानपान सामग्री राख्ने कन्टेनरमा गएको र उक्त कन्टेनरमार्फत सानो सी–३२ए विमानसम्म पुर्‍याइएको थियो । सो विमानले उनलाई बेलायत पुर्‍याएको थियो ।

 यस क्रममा सञ्चारमाध्यमका प्रतिनिधि तथा केही अधिकारीलाई राष्ट्रपति ट्रम्प अझै ठूलो एयर फोर्स वनमै रहेको विश्वास दिलाइएको थियो । ठूलो विमानमा रहेका पत्रकारहरूलाई समेत आफ्नो झ्यालको पर्दा बन्द गर्न भनिएको थियो । युद्ध क्षेत्रमा सुरक्षाका कारण प्राय: अपनाइने यस्तो कदमले राष्ट्रपति ट्रम्पको सुरक्षालाई लिएर थप शङ्का उत्पन्न गरेको थियो ।

 यसअघि अमेरिकी सञ्चारमाध्यमले इरानी प्रोक्सी समूहबाट हुन सक्ने खतराका कारण राष्ट्रपति ट्रम्पले टर्कीबाट बाहिरिँदा कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग नगरेको बताएका थिए ।

 नाटो शिखर सम्मेलनमा सहभागी हुन अङ्कारा पुगेका राष्ट्रपति ट्रम्पले बेलायतस्थित अमेरिकी सेनाका सदस्यलाई नयाँ विमान देखाउन सकून् भन्ने उद्देश्यले आफूले पुरानो बोइङ ७४७ प्रयोग गर्ने बताएका थिए । तर न्युयोर्क टाइम्ससहित अन्य अमेरिकी सञ्चारमाध्यमले इरानी प्रोक्सी समूहबाट हुन सक्ने सुरक्षा खतराका कारण विमान परिवर्तन गरिएको जनाएका थिए ।

 विमान परिवर्तनको घटनाले कतारले उपहार दिएको नयाँ एयर फोर्स वनको सुरक्षाबारे पनि प्रश्न उठाएको थियो । उक्त विमानमा पुरानो एयर फोर्स वनमा जस्तै सबै सुरक्षा सुविधा, विशेषगरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, नभएको बताइएको थियो ।

 कतारको शाही परिवारले गत वर्ष राष्ट्रपति ट्रम्पको अनुरोधपछि अमेरिकालाई उक्त विलासी विमान उपहार दिएको थियो । सन् १९९० देखि एयर फोर्स वनका रूपमा प्रयोग हुँदै आएका दुई पुराना बोइङ ७४७ विमानको अवस्थाबारे राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाउँदै आएका थिए । 

उपहारस्वरूप प्राप्त विमानलाई अमेरिकी राष्ट्रपतिको प्रयोगका लागि तीव्र रूपमा पुन:संरचना गरिएको थियो । जुलाई १ मा राष्ट्रपति ट्रम्पलाई पहिलो पटक उक्त विमानमा नर्थ डकोटा लगिएको थियो । त्यसको केही दिनपछि उनले सोही विमानबाट आफ्नो पहिलो विदेशी भ्रमणका क्रममा टर्कीको यात्रा गरेका थिए ।

 वासिङ्टन पोस्टको रिपोर्टबारे एएफपीले सोधपुछ गरेपछि ह्वाइट हाउसले नयाँ एयर फोर्स वनको सुरक्षाको बचाउ गरेको छ । ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीभन चेउङले नयाँ विमान अत्याधुनिक रहेको र राष्ट्रपति तथा उनका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको बताए ।

 उनले राष्ट्रपति ट्रम्पले हालै अमेरिकाका धेरै शत्रु रहेको र तीमध्ये धेरैको निशाना आफू रहेको बताउनुभएको उल्लेख गर्दै त्यस्ता खतरासँग जुध्न सरकारले उपलब्ध सबै साधन प्रयोग गरिरहेको बताए । ह्वाइट हाउसले गत महिना पनि विमानको सुरक्षा क्षमतामाथि प्रश्न उठेपछि यही धारणा सार्वजनिक गरेको थियो ।

 वासिङ्टन पोस्टले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपति ट्रम्प ठूलो एयर फोर्स वनमा सिँढी चढेर गएको केही मिनेटपछि पुरानो विमानबाट खानपान सामग्री बोक्ने ट्रक बाहिरिएको देखिन्छ । त्यसपछि उक्त वाहनलाई सानो सी–३२ए विमानतर्फ लगिएको देखाइएको छ ।

 दुवै विमान बेलायतमा अवतरण गरेपछि राष्ट्रपति ट्रम्प ठूलो विमानबाट सिँढी हुँदै ओर्लिएको भिडियोमा देखिन्छ । त्यसपछि उनी नयाँ रूपमा पुन:संरचना गरिएको एयर फोर्स वनमा पुगेका थिए । 

 तर राष्ट्रपति ट्रम्पलाई सानो विमानबाट ठूलो विमानमा कसरी स्थानान्तरण गरिएको थियो भन्ने विषय स्पष्ट नभएको वासिङ्टन पोस्टले जनाएको छ ।

0 Comments