२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ’ : उपनेता अर्याल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्यालले नेपालको खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएकी छन् । 

प्रतिनिधि सभाको मंगलवारको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।

 नेपाल खनिज सम्पदाले सम्पन्न भएपनि हालसम्म प्राकृतिक स्रोतलाई समृद्धिको आधार बनाउन नसकिएको उल्लेख गर्दै अर्यालले प्रस्तुत विधेयकले यो दिशामा मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिन् । खनिज क्षेत्रको विकासका लागि आधुनिक भूवैज्ञानिक अध्ययन र विस्तृत अन्वेषणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । अर्यालले केवल उत्खननमा मात्र सीमित नभई प्रशोधन उद्योग स्थापना गरी कच्चा पदार्थको उत्पादन र मूल्य अभिवृद्धि गरिएका वस्तु बजारमा पुर्‍याउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘खानी परियोजना सञ्चालन गर्दा स्थानीय समुदायको रोजगारी, सीप विकास र पूर्वाधार निर्माणलाई अनिवार्य रूपमा परियोजनासँग जोड्न आवश्यक छ ।’

विगतमा शुरु भएका दैलेखको पेट्रोलियम तथा ग्यास र धौबाधीको फलाम खानीजस्ता परियोजनाहरूलाई सफल बनाउनुपर्नेमा जोड दिँदै उनले चुनढुंगा, तामा र सुन लगायतका खानीहरूले नेपाललाई आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजाने आधार तय गर्ने बताइन् ।

 यी परियोजनाहरू सफल भएमा मुलुक औद्योगिकीकरणको दिशामा अघि बढ्ने, रोजगारी सिर्जना हुने र पेट्रोलियम एवं फलामको आयातमा रहेको निर्भरता घटेर निर्याततर्फ जान सकिने उनको दाबी छ । प्राकृतिक स्रोतलाई राष्ट्रिय समृद्धिको आधार बनाउने संविधानको लक्ष्यलाई पूरा गर्न यो विधेयक प्रभावकारी हुनुपर्ने अर्यालले उल्लेख गरिन् । विधेयक केवल कानूनमा मात्र सीमित नभई नेपालको प्राकृतिक सम्पदालाई राष्ट्रिय विकास, औद्योगिक सुधार र आत्मनिर्भर अर्थतन्त्रको बलियो आधार बनाउन केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन् । 

0 Comments