२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु कार्यमा युवाको सक्रियता, काठमाडौँमा लोकल कन्फरेन्स अफ युथ हुँदै

अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी नीति निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्य साथ काठमाडौँमा ‘लोकल कन्फरेन्स अफ युथ (एलसिओवाई) गरिने भएको छ । 

सम्मेलनमार्फत युवालाई जलवायु परिवर्तनका विषयमा आफ्ना अनुभव र धारणा आदानप्रदान गर्ने, नीतिगत सुझाव तयार गर्ने तथा स्थानीय जलवायु कार्यलाई राष्ट्रिय र विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र तयार गरिने आयोजकले जनाएको छ । सम्मेलनका निष्कर्षलाई सरोकारवाला मन्त्रालय मार्फत राष्ट्रिय नीतिमा सम्बोधन गराउन पहल गर्नुको साथै संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनफसिसिसि) को आधिकारिक बालबालिका तथा युवा समूह (योङगो) मार्फत जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने आयोजक नेप्लिज युथ फर क्लाइमेट एक्सन (एनवाईसिए) की राष्ट्रिय संयोजक आकृति डोटेलले जानकारी दिइन् ।

नेपालका सात वटै प्रदेशबाट १ सय ८० जना भन्दा बढी युवा सहभागी हुने सम्मेलन साउन २९ देखि ३ दिनसम्म चल्नेछ । सम्मेलनमा कम्तीमा ५० प्रतिशत महिला तथा लैङ्गिक विविधता भएकाहरूको सहभागिता सुनिश्चित गरिने बताइएको छ । यी विषयमाथिको छलफल पछि सहभागी युवाले जलवायु परिवर्तनका चुनौतीबारे व्यवहारिक र नीतिगत सुझाव सहितको ‘राष्ट्रिय बालबालिका तथा युवा जलवायु परिवर्तनसम्बन्धी वक्तव्य’ तयार गर्नेछन् । 

युवाका आवाज अब कागजमा मात्रै समिति हुदैनन,कार्यान्वयनको ट्रयाक गर्छौं: आकृति डोटेल
सम्मेलनमार्फत जलवायु परिवर्तनसम्बन्धी नीति निर्माणमा युवाका आवाज समेटिए–नसमेटिएको अनुगमन गर्नुको साथै स्थानीय तहमा जलवायुका क्षेत्रमा काम गरिरहेका युवालाई सहभागी गराई उनीहरूका अनुभव, समस्या र समुदाय स्तरका कथालाई नीतिगत छलफलमा जोडिने छ । संवाददातासँग कुरा गर्दे आयोजक एनवाईसिए की राष्ट्रिय संयोजक आकृति डोटेलले सम्मेलनमा युवालाई सहभागी गराउने मात्र नभई उनीहरूका आवाजलाई नीति निर्माण र कार्यान्वयनसँग जोड्ने बताइन् ।  

उनले भनिन् ‘युवाको सहभागिता भनेको कार्यक्रममा आउने, सुन्ने र जाने मात्रै होइन । उहाँहरूको आवाज सुनिन्छ । कार्यक्रमको डिजाइन गर्दा नै युवाको आवाज र समुदाय स्तरका कथा समेट्ने गरी विभिन्न सत्र राखेका छौँ ।’

डोटेलकाअनुसार सम्मेलनमा सहभागी युवाले आफूले भोगेका जलवायुजन्य समस्या, स्थानीय तहमा भइरहेका अभ्यास र त्यसबाट प्राप्त सिकाइ प्रस्तुत गर्नेछन् । ती अनुभव तथा सुझावलाई सम्बन्धित नीतिगत प्रक्रियामा लैजाने तयारी गरिएको छ । सम्मेलनमार्फत युवाका स्थानीय र राष्ट्रिय मुद्दालाई विश्वव्यापी जलवायु प्रक्रियामा पुर्‍याइने उनले बताइन्। उनले यस पटक युवाका आवाजलाई कागजमा मात्र सीमित नराखि अन्तर्राष्ट्रिय तहमा पुर्‍याउने दाबी गरिन्। 

उनले भनिन् “हामीले युवाका आवाजलाई एउटा दस्ताबेजमा मात्रै राख्दैनौँ । अहिले सरकारको जलवायु परिवर्तन नीति २०१९ को समीक्षा पनि हुँदैछ । त्यहाँ हामीले सिफारिस दिन्छौँ । हामीले सिफारिस बुझाएर मात्रै हुँदैन, त्यहाँ गएर ट्रयाक पनि गर्छौँ । हाम्रो सम्मेलनमा आएका स्थानीय कथाहरू कहाँ समेटिए, कहाँ सुनिश्चित भए कि भएनन् भनेर हामी पछ्याउँछौँ । सम्मेलनमा स्थानीय तहबाट उठेका युवाका आवाजलाई राष्ट्रिय हुँदै क्षेत्रीय र अन्तर्राष्ट्रिय जलवायु प्रक्रियासम्म पुर्‍याउने उद्देश्य हो । प्राप्त सुझावलाई राष्ट्रिय सँगै क्षेत्रीय युवा सम्मेलनमा लैजाने र त्यहाँबाट एसिया–प्रशान्त क्षेत्रका युवाका मुद्दासँग जोड्दै विश्वव्यापी युवा सम्मेलन मार्फत संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको प्रक्रियासम्म पुर्‍याइने छ । हाम्रो सम्मेलन संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनफसिसिसि) को आधिकारिक बालबालिका तथा युवा समूह (योङगो) को आधिकारिक प्रक्रियाअन्तर्गत आयोजना भइरहेको कार्यक्रम हो । नेपालमा मात्रै होइन, विश्वका एकसय बढी देशमा यस्तो कार्यक्रम भइरहेको छ ।” 

डोटेलले नेपालमा जलवायुका क्षेत्रमा भइरहेका सकारात्मक अभ्यासलाई पुर्‍याउनुपर्नेमा पनि जोड दिइन् । “नेपालको सन्दर्भमा जहिले पनि कार्यक्रममा आउने र एउटा वक्तव्य बुझाउनेभन्दा अब हामीसँग भएका राम्रा कामहरू के छन्, जसबाट अरूले पनि सिक्न सक्छन् भन्ने कुरा अगाडि ल्याउने समय आएको छ,” उनले भनिन् । 

“यसपालि हामी सुनिश्चित गर्छौँ कि युवाका आवाज एउटा पृष्ठमा वा कागजमा मात्रै सीमित हुँदैनन् । हामी ती आवाजलाई पछ्याउँछौँ, हाम्रा कुरा कहाँ समेटिए, कहाँ कार्यान्वयन गर्न सकिन्छ र त्यसको अगाडिको बाटो के हुन सक्छ भनेर पनि हेर्छौँ,” डोटेलले भनिन् । 

जलवायु पारदर्शितामा युवाहरूको ऐक्यबद्धता आवश्यक छ: दीक्षा सुवेदी 
‘जलवायु पारदर्शिताका लागि एकजुट’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा जलवायु प्रक्रियामा युवा तथा बालबालिकाको सहभागिता, हानि तथा क्षति, जलवायु वित्त, न्यायोचित संक्रमण, परिवर्तनशील हिमाल तथा जीविकोपार्जन, जलवायु उत्थानशील शिक्षा तथा जलवायु सशक्तीकरणका लागि कार्य , कृषि तथा खाद्य सुरक्षा, खानेपानी तथा जल सुरक्षा र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण लगायत विषयमा छलफल गरिने आयोजकले जनाएको छ । आयोजक संस्था युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपालकी दिक्षा सुवेदीकाअनुसार सम्मेलनअघि नै युवालाई विषय केन्द्रित नौ वटा अनलाइन सत्र सञ्चालन गरिएको थियो । भर्चुअल सञ्चालन भएका ती सत्रहरूमा विज्ञ तथा सरोकारवालासँग छलफल गराएर युवालाई सम्मेलनका लागि तयार पारिएको हो । उनले भनिन् ‘हामीले युवालाई जलवायु परिवर्तनका विषयमा जानकारी दिने मात्रै होइन, नीति निर्माण र अन्तर्राष्ट्रिय वार्तामा कसरी सहभागी हुने भन्ने विषयमा पनि तयार गरिरहेका छौँ ।’

सम्मेलनमा विषयगत छलफलसँगै ‘मोडल कप’ मार्फत अन्तर्राष्ट्रिय जलवायु वार्ताको अभ्यास समेत गराइनेछ । सुवेदीकाअनुसार सम्मेलनमा सहभागी हुन करिब एक हजार युवाले आवेदन दिएका थिए । अनलाइन तयारीका कार्यक्रममा कम्तीमा ८० प्रतिशत सहभागिता जनाएका तथा जलवायु परिवर्तनका विषयमा सक्रियता देखाएका युवालाई मुख्य सम्मेलनका लागि छनोट गरिएको हो ।

सम्मेलनमा सात वटै प्रदेशको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । काठमाडौंमा अध्ययन वा रोजगारी गरिरहेका भए पनि अन्य प्रदेशका मूल बासिन्दालाई सम्बन्धित प्रदेशको प्रतिनिधिका रूपमा सहभागी गराइएको उनले बताइन् । 

‘काठमाडौंमा बसेको भन्दैमा उसको आवाज काठमाडौँको मात्रै हुँदैन। ऊ जुन प्रदेश र समुदायबाट आएको हो, त्यहाँका अनुभव र सवाल पनि उसँगै आएका हुन्छन्,’ उनले भनिन् ।

सम्मेलनमा चिकित्सा, इन्जिनियरिङ, सामाजिक विज्ञान, मानविकी, नर्सिङ, सार्वजनिक स्वास्थ्यलगायत विभिन्न क्षेत्रका युवालाई समेटिएको छ । त्यसैगरी आठ वर्षभन्दा माथिका बालबालिकालाई समेत सम्मेलनमा सहभागी गराइनेछ । विशेष गरी विद्यालयका इको क्लवमा आबद्ध बालबालिकालाई समेटेर प्रारम्भिक चरणमै जलवायु नेतृत्व, नीति र निर्णय प्रक्रियाबारे बुझाउने उद्देश्य रहेको सुवेदीले बताइन् । सुवेदीका अनुसार व्यक्तिगत उठाइएका आवाजभन्दा सामूहिक प्रस्तुत गरिएका युवाका साझा सवालले नीति निर्माणमा प्रभाव पार्ने भएकाले सम्मेलनलाई संवाद र सामूहिक आवाज निर्माणको मञ्चका रूपमा विकास गरिएको हो ।

‘हामीले यहाँ आएका युवालाई आफ्ना सवाल राख्ने ठाउँ मात्र दिन खोजेका होइनौँ, उनीहरूलाई सामूहिक रूपमा सोच्ने, छलफल गर्ने र आफ्नो आवाजलाई बलियो बनाउने अवसर पनि दिन खोजेका हौँ,’ उनले भनिन् ।

सम्मेलन बाट तयार हुने राष्ट्रिय युवा वक्तव्यलाई क्षेत्रीय युवा सम्मेलन र विश्वव्यापी युवा जलवायु प्रक्रियामार्फत संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन सम्म पुर्‍याइने सुवेदीले जानकारी दिइन् । यसबाट नेपालका युवाका अनुभव र सिकाइलाई अन्तर्राष्ट्रिय तहमा आदानप्रदान गर्ने तथा अन्य देशका राम्रा अभ्यासबाट नेपालका युवाले सिक्ने अवसरसमेत सिर्जना हुने सुवेदीको भनाइ छ । 

0 Comments