२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हिमालको मुद्दामा अन्तर्राष्ट्रिय नेतृत्व नेपालले लिनुपर्छ’ : सहसचिव डा. ढकाल

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले हिमाली क्षेत्र र जलवायु परिवर्तनबाट उत्पन्न प्रभावलाई अन्तर्राष्ट्रिय प्राथमिकताको विषय बनाउन नेपालले सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा उनले विकसित मुलुकहरूले हिमालसम्बन्धी विषयलाई अझै छुट्टै एजेन्डाका रूपमा पर्याप्त प्राथमिकता नदिएको उल्लेख गरे। यस्तो अवस्थामा नेपालले अन्तर्राष्ट्रिय तहमा निरन्तर पैरवी र दबाब बढाउन आवश्यक रहेको उनको भनाइ थियो।

ढकालले हिमाल र जलवायु परिवर्तनको विषयलाई राजनीतिक तथा आर्थिक तहसँगै नागरिक समाज र संसदीय संयन्त्रमार्फत अन्तर्राष्ट्रिय बहसमा स्थापित गर्नुपर्ने बताए। यस विषयमा नेपालले पहल कमजोर बनाए विगतमा जलवायु तथा पर्वतीय क्षेत्रमा हासिल भएका उपलब्धि प्रभावित हुनसक्ने उनले सचेत गराए।

नेपालले सगरमाथासँग जोडिएको आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै हिमाली एजेन्डाको अगुवाइ गर्नुपर्नेमा उनले जोड दिए। आफ्नै पहलमा आयोजना हुने कार्यक्रम मात्र नभई अन्य अन्तर्राष्ट्रिय मञ्चमा समेत हिमालसम्बन्धी विषयलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको धारणा थियो।

हिमाल संरक्षणका लागि आवश्यक लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै ढकालले जलवायु परिवर्तनका क्षेत्रमा नेपालमा राष्ट्रिय स्तरबाट पर्याप्त लगानी गर्ने अभ्यास अझै संस्थागत हुन नसकेको बताए। जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सरकारी प्रयास भइरहे पनि त्यसलाई थप प्रभावकारी बनाउन लगानी र नीतिगत कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ थियो।

गत वर्ष सगरमाथा संवाद आयोजना गरिएको स्मरण गर्दै उनले आगामी दोस्रो सगरमाथा संवादका विषयमा तयारी र चुनौती रहे पनि हिमाली मुद्दामा नेपाल पछि हट्न नहुने बताए। राष्ट्रिय जलवायु नीतिको प्रभावकारी कार्यान्वयनमार्फत जलवायुजन्य जोखिम न्यूनीकरणका प्रयासलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

0 Comments