२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन

अ+ अ-

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ ।

कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सञ्चालनमा ल्याइएको सो बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्घाटन गरिन् । बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहजरुपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

बिक्री कक्ष उद्घाटनपछि सञ्चारकर्मीसँग मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताए ।

सेवा विस्तारसँगै बिक्री कक्षमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको कम्पनीका विभागीय प्रबन्धक घनश्याम अर्यालले जानकारी दिए ।

कम्पनीका विभागीय प्रबन्धक अर्यालले भने “यो केबल एउटा बिक्री कक्षको उद्घाटन मात्र होइन, नेपाली उत्पादनलाई प्राथमिकता दिने, स्वदेशी किसान र उद्योगलाई बजारसँग जोड्ने तथा उपभोक्तालाई गुणस्तरीय वस्तु सहजरुपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताको व्यवहारिक सुरुआत हो ।”

उक्त कक्षमा १४२ प्रकारका खाद्य तथा गैर खाद्य वस्तु बिक्रीका लागि राखिएको छ । कम्पनीले आजदेखि ४४ जिल्लाका १९३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो र प्रतिलिटरमा रु. पाँच छुट पाउनेछन् ।

0 Comments