३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुलुक ‘लफंगा’हरूबाट शासित हुँदैछ भन्ने कुरा पुष्टि हुँदैछ’ : घनश्याम भुसाल

अ+ अ-

काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरूले अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गरेका छन् ।

आईतवार काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उक्त निर्वाचनमा कम्युनिष्ट दलहरूले अनपेक्षित र व्याख्या गर्न कठिन पराजय व्यहोरेको नेता भुसालको भनाइ छ । 

उनले मुलुक पहिलेदेखि नै नालायकहरूबाट शासित भएको भए पनि निर्वाचनपछि लफंगाहरुबाट शासित हुन पुगेको टिप्पणी पनि गरे । उनले उक्त अभिव्यक्ति आफूले निर्वाचन सम्पन्न हुँदा दिएको भए पनि सरकारको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिले त्यसको पुष्टि गरेको समेत बताए। मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिले समाजमा अझै डरलाग्दा राजनीतिक दुर्घटनाहरू बढ्ने जोखिम बढेको उनको भनाइ छ । उनले सरकार यही गतिमा थप दुई वर्षसम्म अघि बढ्यो भने के हुन्छ ? भन्दै प्रश्न गरे।

उनले भने, ‘हामी हारेका छौँ । हामी यसरी हारेका छौँ कि कसरी हार्‍यौँ भनेर अहिलेसम्म पत्तो पाएका छैनौँ । हामीलाई यो बारेमा कसैले प्रश्न नगरिदिए हुन्थ्यो, नसम्झाइदिए हुन्थ्यो । घरमा श्रीमती र छोराछोरीले  नसम्झाइदिए हुन्थ्यो जस्तो लागेको छ । यो त्यो तहको अनपेक्षित पराजय हो । कुनै कुनै अवस्था व्याख्या नै नहुने व्याख्या पनि हुने रहेछन् । मैले फागुन २१ को दिन सबै साथीहरूलाई भेटेपछि निष्कर्ष के निकाले भने, मुलुक नालायकहरूबाट त शासित छँदै थियो, अब लफंगाहरुबाट शासित हुने भयो भनेर मैले भिडियो नै राखेको थियो । तर त्यसमा गलत साबित हुन पाउँ भनेर पनि भनेको थिएँ । तर यहाँ साढे चार महिना जति बित्यो । आज जे देखिएको छ त्यसले अझ डरलाग्दो क्षति र थप राजनीतिक दुर्घटनाहरू घट्ने जोखिम छ ।’

नेता भुसालले मुलुकको कम्युनिष्ट आन्दोलनको समीक्षा गरी थप सशक्त भएर जनतामाझ जानुपर्ने आवश्यकता समेत औँल्याए । 

0 Comments