२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाना पकाउने ग्यास अभावप्रति खाली सिलिन्डरसहित नेविसंघको विरोध प्रदर्शन

अ+ अ-

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा विद्यार्थी प्रभावित भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारको ध्यानाकर्षण गराएको छ। संघले मंगलबार त्रिचन्द्र क्याम्पस परिसरमा खाली ग्यास सिलिन्डर प्रदर्शन गर्दै विरोध जनाएको हो।

ग्यासको अभाव र वितरणमा देखिएको समस्याले विद्यार्थीको दैनिक जीवन तथा अध्ययन प्रभावित भएको नेविसंघको भनाइ छ। विद्यार्थीका आधारभूत आवश्यकतासँग जोडिएको इन्धन आपूर्ति सहज बनाउन सरकारले तत्काल पहल गर्नुपर्ने माग संघले अघि सारेको छ।

प्रदर्शनमा सहभागी विद्यार्थीले विभिन्न माग र सरकारप्रतिको असन्तुष्टि झल्काउने प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले ग्यासको अभाव अन्त्य गर्न, वितरण प्रणाली सहज बनाउन तथा विद्यार्थीले भोगिरहेका समस्याको तत्काल सम्बोधन गर्न माग गरेका थिए।

प्रदर्शनमा ‘नो लाइन भनेको होइन सरकार ? ग्यासमा लाइन किन देखियो ?’, ‘चुल्हो निभ्यो पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो ?’ र ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’ लगायतका नारासहितका प्लेकार्ड प्रयोग गरिएको थियो।

नेविसंघले ग्यासको आपूर्ति समस्या समाधान गरी विद्यार्थी तथा सर्वसाधारणले सहज रूपमा खाना पकाउने इन्धन प्राप्त गर्ने अवस्था सिर्जना गर्न सरकारसँग माग गरेको छ।

0 Comments