४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारले दायर गर्ने मुद्दाहरूको न्यून सफलता दरप्रति रवि लामिछानेको चासो, भने, ‘स्थानीय तहमा भ्रष्टाचार बढ्यो’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दाहरूको न्यून सफलता दरप्रति चासो व्यक्त गरेका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले त्यसले निर्दोष व्यक्तिहरूको जीवनमा पार्ने गम्भीर असरबारे चासो व्यक्त गरेका हुन् ।

भ्रष्टाचार नियन्त्रणका नाममा गरिने कानूनी कारबाहीले व्यक्तिको सामाजिक प्रतिष्ठा र वृत्तिविकासमा अपूरणीय क्षति पुर्‍याइरहेको बताए । सभापति लामिछानेले अख्तियारले दर्ता गर्ने मुद्दाहरूको सफलता दर न्यून हुनु ‘टिठलाग्दो’ रहेको टिप्पणी गरे । हालको कानूनी प्रावधानअनुसार मुद्दा दायर हुनासाथ राष्ट्रसेवक कर्मचारी वा जनप्रतिनिधिहरू स्वतः निलम्बनमा पर्ने र अदालतबाट सफाइ पाउँदा वर्षौँ बितिसक्ने हुँदा उनीहरूको व्यावसायिक र पारिवारिक जीवन ध्वस्त हुने उहाँले उल्लेख गरे । उनले वर्षौँको मेहनतबाट आर्जन गरेको सामाजिक प्रतिष्ठा र सार्वजनिक पद मुद्दाकै कारण गुम्ने अवस्थाको शोधभर्ना कसरी हुन्छ भनी प्रश्नसमेत गरे ।

कानून निर्माणका क्रममा यी मानवीय र व्यावहारिक पक्षहरूलाई विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।

लामिछानेले भ्रष्टाचारको तथ्यांकले केन्द्रभन्दा स्थानीय तहमा भयावह अवस्था देखाएको बताए । हाल बहस र अनुसन्धानको अधिकांश समय सिंहदरबार र केन्द्रीय राजनीतिमा केन्द्रित हुने गरेको उल्लेख गर्दै उनले तल्लो तहमा हुने भ्रष्टाचार नियन्त्रणका लागि ठोस योजना आवश्यक रहेको औँल्याए ।

सभापति लामिछानेले भने, ‘अर्को महत्वपूर्ण विषय आयोगको सफलता दर हो । आयोगबाट दायर भएका मुद्दामा सफलता प्राप्त गर्ने संख्या हेर्दा निकै न्यून देखिन्छ । यसतर्फ गम्भीर समीक्षा आवश्यक छ । कुनै राष्ट्रसेवक वा जनप्रतिनिधिविरुद्ध मुद्दा दायर हुने बित्तिकै कतिपय अवस्थामा स्वतः निलम्बन हुन्छ । तर अदालतबाट फैसला हुन ८–१० वर्ष वा अझ बढी समय लाग्न सक्छ। यस अवधिमा व्यक्ति दोषी प्रमाणित नभए पनि उसको व्यावसायिक, पारिवारिक र व्यक्तिगत जीवन तथा सामाजिक प्रतिष्ठामा ठुलो क्षति पुग्न सक्छ । अन्ततः सफाइ पाएपछि गुमेको प्रतिष्ठा, अवसर र सेवाको क्षतिपूर्ति कसरी गर्ने भन्ने प्रश्न गम्भीर छ । त्यसैले अनुसन्धान र अभियोजनलाई तथ्य तथा प्रमाणमा अझ बलियो बनाउँदै निर्दोष व्यक्तिमाथि अनावश्यक क्षति नपुग्ने व्यवस्था कसरी गर्न सकिन्छ भन्ने विषयमा आयोगले आफ्नो अनुभव र सुझाव दिन आवश्यक छ । कानून निर्माण गर्दा यी पक्षलाई पनि हामीले गम्भीरतापूर्वक विचार गर्नुपर्छ । अर्को महत्वपूर्ण विषय स्थानीय तहमा हुने भ्रष्टाचार हो । विभिन्न तथ्यांकले केन्द्र वा शीर्ष राजनीतिक तहभन्दा स्थानीय तहमा भ्रष्टाचारका घटना बढी रहेको देखाउँछन् । तर हाम्रो छलफल र ध्यान भने अझै केन्द्रमै बढी केन्द्रित हुने गरेको छ । समस्या जहाँ बढी छ, प्रयास पनि त्यहीँ बढी केन्द्रित हुनुपर्छ । त्यसैले कानून निर्माण, अनुसन्धान, अनुगमन र रोकथामका क्रममा स्थानीय तहलाई अझ बढी प्राथमिकता दिन आवश्यक छ । सिंहदरबारमा केन्द्रित प्रयाससँगै स्थानीय तह र तल्ला निकायमा हुने भ्रष्टाचार नियन्त्रणका लागि लक्षित र योजनावद्ध पहल गर्नुपर्छ । यस विषयमा आयोगले पनि आफ्नो अनुभव र सुधारका उपायहरू प्रस्तुत गर्न आवश्यक छ ।’

उनले भ्रष्टाचार नियन्त्रणका लागि कानूनी सुधारसँगै अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत मध्यनजर गर्दै अगाडि बढ्न समितिको ध्यानाकर्षण गराएका छन् ।

0 Comments