१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रेकिङ : चीनतर्फबाट आएको हिंस्रक बाढीले रसुवामा ठूलो क्षति, तिमुरे बजार र भन्सार क्षेत्रको अवस्था अज्ञात

चीनतर्फबाट आएको अत्यन्तै हिंस्रक बाढीले रसुवाको तिमुरे, स्याफ्रुबेँसी र आसपासका क्षेत्र तहसनहस बनाएको प्रारम्भिक अनुमान छ। सरकारी अधिकारीका अनुसार ज्यान जोगाउन माथि भाग्नुपरेको छ भने तल्लो क्षेत्रको अवस्था अझै अज्ञात छ।

अ+ अ-

रसुवा । चीनतर्फबाट आएको अत्यन्तै हिंस्रक बाढीका कारण रसुवा जिल्ला हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढेको छ। बुधबार बिहान करिब साढे ८ बजेदेखि आएको बाढीले तिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलको अवस्था अत्यन्तै नाजुक रहेको र प्रभावित क्षेत्र आसपास बस्नसमेत नसकिने अवस्था सिर्जना भएको एक सरकारी अधिकारीले प्रशासन सिँहदरवार विशेष ब्युरोलाई जानकारी दिएका छन् । उनका अनुसार बाढी यति हिंस्रक छ कि माथिल्लो स्थानबाट समेत तल्लो क्षेत्रको अवस्था स्पष्ट रूपमा देख्न सकिएको छैन।

“बाढी एकदमै हिंस्रक छ। हामी ज्यान जोगाएर माथितिर भागेका छौँ। तलतिरको अवस्था नाजुक छ, माथिबाट पनि केही देखिएको छैन,” ती अधिकारीले भने।

उनका अनुसार हालसम्म कति मानिस हताहत भए वा कति सम्पत्तिमा क्षति पुग्यो भन्ने यकिन हुन सकेको छैन। “त्यो वरिपरि बस्न सक्ने अवस्था नै छैन। खोलाले पुरै क्षेत्रलाई कोइरोजस्तो मण्डल बनाएको छ। माथिबाट पनि केही देखिएको छैन,” उनले भनेका छन्।

अधिकारीका अनुसार तिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेको देखिएको छ। “त्यहाँ धेरै ठूलो क्षति भएको माथिबाट देखिएको छ। तिमुरे बजारतिर पनि धेरै नोक्सान भएको जस्तो देखिन्छ,” उनले भने।

रसुवा भन्सार कार्यालयको अवस्थाबारे समेत यकिन जानकारी प्राप्त हुन सकेको छैन। बाढी खोलाको किनार हुँदै सडकसम्म आइपुगेकाले भन्सार क्षेत्रको अवस्था हेर्नसमेत नसकिएको अधिकारीले बताए।

“भन्सारको अवस्था पनि माथिबाट केही देखिएको छैन। खोलाको किनारै हुँदै सडकसम्म बाढी आएको छ भने तल खोलाको अवस्था झन् गम्भीर हुने नै भयो,” उनले भने।

बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर फोटो वा अन्य विवरण संकलन गर्नसमेत सम्भव नभएको बताइएको छ। सुरक्षा जोखिमका कारण तल्लो क्षेत्रतर्फ हेर्नसमेत नसकिएको अधिकारीको भनाइ छ।

प्रारम्भिक जानकारीअनुसार बाढी बुधबार बिहान करिब साढे ८ बजेतिर आएको हो। अहिले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन र उद्धारको तयारी गरिरहेका छन्। यद्यपि, बाढीको तीव्र बहावका कारण प्रभावित क्षेत्रमा तत्काल पुग्न कठिनाइ भइरहेको बताइएको छ।

घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन बाँकी रहेको छ।

0 Comments