१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीमा यसरी खटिएको छ सेना, प्रभावितको उद्धार र उपचार जारी

रसुवा बाढीप्रभावित क्षेत्रमा नेपाली सेनाले स्थल र हवाई माध्यमबाट उद्धार जारी राखेको छ। सैनिक टोलीले प्रभावितलाई प्राथमिक उपचार गर्दै स्ट्रेचर र हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ।

अ+ अ-

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र उपचारमा नेपाली सेना स्थल तथा हवाई दुवै माध्यमबाट परिचालित भएको छ।

सैनिक टोलीले प्रभावित तथा घाइतेलाई घटनास्थलबाट स्ट्रेचरमा उद्धार गर्ने, प्राथमिक उपचार गर्ने र थप उपचार तथा सुरक्षित स्थानान्तरणका लागि हेलिकोप्टरसम्म पुर्‍याउने काम गरिरहेको हो । 

उद्धार गरिएका व्यक्तिलाई सैनिक स्वास्थ्यकर्मीले घटनास्थलमै आवश्यक प्राथमिक उपचारसमेत गरिरहेका छन्। अवस्था र आवश्यकताका आधारमा उनीहरूलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थान तथा उपचार केन्द्रतर्फ लगिएको नेपाली सेनाले जनाएको छ।

यसअघि नेपाली सेनाका प्रवक्ताले प्रशासनसँगको कुराकानीमा टिमुरे, स्याफ्रुबेसी, मैलुङ र त्रिशूली क्षेत्रमा हवाई उद्धार केन्द्रित गरिएको तथा धुन्चे र त्रिशूलीबाट सैनिक जनशक्ति परिचालन गरिएको बताएका थिए।

पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका साथै अन्य सुरक्षा निकाय र उद्धार संयन्त्र परिचालित छन्। प्रभावित क्षेत्रको अवस्था र पहुँचअनुसार स्थल तथा हवाई माध्यमबाट खोज तथा उद्धारलाई निरन्तरता दिइएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि तीनै सुरक्षा निकाय परिचालन गरिएको छ भने जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, घाइतेको उपचार गर्ने र आवश्यक राहत तथा उद्धार सामग्री परिचालन गर्ने कामसमेत भइरहेको छ।

0 Comments