१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढानीलकण्ठ नगरपालिकाका कर्मचारीले बाढीपीडितका लागि १५ लाख ७२ हजार सहयोग गर्ने

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कर्मचारीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।

अ+ अ-

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १५ लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार बुधबार बसेको बैठकले बुढानीलकण्ठ नगरपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बर्तौद्धारा जारी प्रेस विज्ञप्तिअनुसार रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम संकलन गरिएको हो।

नगरपालिकाले कर्मचारीबाट गरिएको सहयोगले विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वाससमेत व्यक्त गरेको छ।

बैठकले निर्णयअनुसार संकलित १५ लाख ७२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न आर्थिक प्रशासन महाशाखालाई प्रचलित कानुन तथा स्वीकृत प्रक्रियाबमोजिम तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

त्यस्तै, विपद्को अवस्थामा प्रभावित नागरिकलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ।

बाढी प्रभावित क्षेत्रमा आवश्यकता परे बुढानीलकण्ठ नगर अस्पतालको जनशक्तिलाई ‘र्‍यापिड रेस्पोन्स मेडिकल टिम (आरआरटी)’ का रूपमा परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

नगरपालिकाले विपद्को समयमा नागरिकप्रति ऐक्यबद्धता, मानवीय संवेदना र सामाजिक उत्तरदायित्व प्रकट गर्दै राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सम्बन्धित सबै पक्षसँग समन्वय र सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएको छ।

0 Comments