काठमाडौँ । ओखलढुङ्गाको खिजीदेम्वा गाउँपालिकाका कर्मचारीहरूले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुन:स्थापनाका लागि तीन दिनको तलब सहयोग गर्ने भएका छन्।
गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तलबमानअनुसार तीन दिन बराबरको रकम कट्टा गरी नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
विपदबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुन:स्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै सहयोग पुर्याउने उद्देश्यले गाउँपालिका भरका कर्मचारीहरूले रकम उपलब्ध गराउने भएका हुन् ।







