११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूलीको बाढीपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनको तयारी, बैरेनीमा लेदो हटाउने काम तीव्र (फोटोफिचर)

अ+ अ-

काठमाडौँ। त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त पृथ्वी राजमार्गको अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास जारी छ। बाढीका कारण बैरेनी क्षेत्रमा सडकमा जम्मा भएको हिलो तथा लेदो हटाउने कामलाई तीव्र पारिएको छ।

सडक खुलाउने कार्यमा सुरक्षाकर्मीहरू स्थानीय बासिन्दासँग सहकार्य गर्दै परिचालित भएका छन्। सडकमा थुप्रिएको लेदो ठुलो मात्रामा रहेकाले सफाइ कार्य भइरहेको भए पनि क्षतिको अवस्था हेर्दा तत्कालै यातायात नियमित हुने सम्भावना कम रहेको बताइएको छ।

भोटेकोशीमा बुधबार आएको ठुलो बाढीपछि रसुवादेखि चितवनसम्मका विभिन्न क्षेत्रमा सडक तथा पुलमा क्षति पुगेको छ। बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १६५ जनाको शव फेला परेको र ८ सयभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ।

सडक तथा पुलका संरचना क्षतिग्रस्त भएपछि काठमाडौँसँग जोडिएका कतिपय जिल्लाको यातायात सम्पर्क विच्छेद भएको छ। सडक अवरोधका कारण प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्‍याउनसमेत कठिनाइ भइरहेको छ।

बाढीले भौतिक पूर्वाधारमा पुर्‍याएको क्षतिसँगै विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय स्थानमा सञ्चार सम्पर्कसमेत प्रभावित भएको सरकारले जनाएको छ। यातायात तथा सञ्चार सेवामा आएको अवरोधले प्रभावित क्षेत्रको जनजीवन थप कठिन बनेको छ।

यसबीच सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायले बेपत्ता नागरिकको खोजी, प्रभावितको उद्धार र राहत वितरणलाई निरन्तरता दिइरहेका छन्। सडक अवरोध हटाएर यातायात सम्पर्क पुन:स्थापित गर्न सम्बन्धित निकायले आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरेका छन्।

0 Comments