११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीपछि प्रभावित जिल्लामा ६ एसएसपीको कमान्डमा थप प्रहरी परिचालन

अ+ अ-

काठमाडौँ। रसुवामा आएको बाढीबाट तल्लो तटीय क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै नुवाकोट, धादिङ, चितवनसहित आसपासका प्रभावित क्षेत्रमा नेपाल प्रहरीले ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा थप जनशक्ति परिचालन गरेको छ।

बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत व्यवस्थापन, शव व्यवस्थापन र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन अतिरिक्त प्रहरी टोली खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। परिचालित टोलीलाई स्थलगत अवस्थाको अभिलेखीकरण तथा समन्वयका लागि ड्रोन, फोटोग्राफी उपकरण र आवश्यक सञ्चार साधनसमेत उपलब्ध गराइएको प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपी तारादेवी थापालाई चितवनको जिल्ला प्रहरी कार्यालयमा खटाइएको छ। एसएसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा रहेको टोलीको आधार मुग्लिङमा रहने गरी तनहुँ, चितवन र गोरखा क्षेत्रको जिम्मेवारी तोकिएको छ।

त्यसैगरी, एसएसपी रमेश थापाको कमान्डमा चार सदस्यीय टोली गल्छीलाई आधार बनाएर धादिङ हुँदै नुवाकोटको सीमासम्म परिचालन गरिएको छ। एसएसपी अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्चिम क्षेत्रको जिम्मेवारी दिइएको छ।

एसएसपी विमलराज कँडेलको नेतृत्वमा चार सदस्यीय टोली नुवाकोटलाई आधार बनाएर जिल्लाभर तथा रसुवा सीमासम्म परिचालन गरिएको छ। टोलीले विपद्पछिको सुरक्षा तथा उद्धारसम्बन्धी कार्यमा आवश्यक समन्वय गर्नेछ।

यस्तै, एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा चार सदस्यीय टोली रसुवालगायत विभिन्न स्थानमा खटाइएको छ। उक्त टोलीले बाढी पहिरोबाट क्षतिग्रस्त प्रमुख राजमार्गमा आवागमन सहज बनाउने, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायबीच समन्वय गर्ने र आवश्यक सुरक्षा व्यवस्थापनमा सहजीकरण गर्ने जिम्मेवारी पाएको छ।

प्रहरीका अनुसार थप जनशक्ति परिचालनसँगै प्रभावित क्षेत्रको वस्तुस्थिति अनुगमन, उद्धार तथा राहत कार्य र सडक आवागमन व्यवस्थापनलाई थप व्यवस्थित बनाउने उद्देश्य राखिएको छ।

0 Comments