११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा-त्रिशूली करिडोरको बाढीपछि ४० बस र यात्रुको अवस्था अज्ञात

अ+ अ-

काठमाडौँ। रसुवा-त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीपछि सार्वजनिक यातायातका ठूलो संख्यामा सवारीसाधन तथा त्यसमा कार्यरत जनशक्तिको अवस्थाबारे यकिन विवरण आउन सकेको छैन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार मानसरोवर यात्रामा रहेका तीर्थयात्री बोकेका ४० वटा बससमेत सम्पर्कविहीन अवस्थामा छन्।

महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका मानसरोवर यात्रामा गएका २५ वटा बसको अवस्थाबारे हालसम्म जानकारी प्राप्त भएको छैन। ती बसमा सवार यात्रुसहित कम्तीमा ५० जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको उनले बताए।

यसैगरी, नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारीसाधन र ती सवारीमा रहेका यात्रुको अवस्थासमेत अज्ञात रहेको महासंघले जनाएको छ। नुवाकोट क्षेत्रमा बाढीबाट ठूलो संख्यामा बस, माइक्रोबस तथा मालवाहक सवारी प्रभावित भएको र चालक, सहचालक तथा सवारी मजदुरसमेत सम्पर्कमा आउन नसकेको सिटौलाको भनाइ छ।

बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको पूर्ण विवरण भने अझै संकलन हुन बाँकी छ। विभिन्न यातायात कम्पनीबाट क्षतिग्रस्त, बाढीमा फसेका वा बगेका सवारीसाधनको विवरण प्राप्त हुन थालेको महासंघले जनाएको छ।

क्षतिको व्यवस्थित अभिलेख तयार गर्न महासंघको आकस्मिक कार्यसमिति बैठकले केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिले बाढीबाट प्रभावित सवारीसाधनको विवरण संकलन गर्नुका साथै व्यवसायी तथा यातायात मजदुरको अवस्थाबारे जानकारी लिने र आवश्यक सहयोगका लागि राज्यका सम्बन्धित संयन्त्रसँग समन्वय गर्नेछ।

महासंघले बाढीका कारण प्रभावित यातायात व्यवसायी, चालक, सहचालक र मजदुरको वास्तविक अवस्था पहिचान गर्न तत्काल खोजी तथा उद्धारमा समन्वय आवश्यक रहेको जनाएको छ। विपद्को अवस्थामा जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा सम्बन्धित सबै पक्षलाई आ-आफ्नो स्तरबाट सहयोग गर्नसमेत महासंघले आग्रह गरेको छ।

बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत तल्लो तटीय क्षेत्रमा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र पुन:स्थापनाका लागि राज्यका विभिन्न निकाय परिचालन भइरहेका छन्।

0 Comments