११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीपीडितलाई पैयुँ गाउँपालिकाका कर्मचारीले तीन दिनको तलब दिने

बाढी प्रभावितको राहत, उद्धार तथा पुन:स्थापनामा सहयोग पुर्‍याउन पैयुँ गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले तीन दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्।

अ+ अ-

पर्वत । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि पर्वतको पैयुँ गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले तीन दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्।

गाउँपालिकाका कर्मचारीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको पीडामा ऐक्यबद्धता जनाउन कर्मचारीहरूले स्वतःस्फूर्त रूपमा सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

चीनको तिब्बत क्षेत्रमा गएको हिम पहिरोका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको उल्लेख गर्दै गाउँपालिका परिवारले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

विपद्को कठिन अवस्थामा आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्नु मानवीय दायित्व र सामाजिक उत्तरदायित्व भएको कर्मचारीहरूको भनाइ छ। तीन दिनको तलब बराबरको सहयोगले प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।

गाउँपालिकाले बाढी प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र विस्थापितहरूको सुरक्षित पुन:स्थापनाको कामनासमेत गरेको छ।

0 Comments