११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरको २५ लाख ५१ हजार सहयोग

विराटनगर महानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विपद् व्यवस्थापन कोषबाट ११ लाखसहित जनप्रतिनिधिको सेवा सुविधा र कर्मचारीको मासिक पारिश्रमिकसमेत गरी २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

महानगरपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँसहित जनप्रतिनिधिको सेवा सुविधा र कर्मचारीको मासिक पारिश्रमिकसमेत गरी उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।

महानगरपालिकाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै विपद्मा परेका नागरिकको पीडामा साथ र ऐक्यबद्धता जनाउन सहयोग गर्ने निर्णय गरिएको हो।

महानगरपालिकाले प्राकृतिक विपद्को यो अवस्थामा घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनर्स्थापना र सहज जनजीवनको कामना गरेको छ। आफन्त, घरपरिवार, सम्पत्ति तथा जीविकोपार्जनको आधार गुमाएका नागरिकको पीडा एउटा भूगोल वा समुदायमा मात्र सीमित नभई सम्पूर्ण राष्ट्रको साझा पीडा भएको महानगरपालिकाले जनाएको छ।

विपद्का बेला दु:खमा परेका नागरिकलाई राज्य, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, संघसंस्था तथा आम नागरिकले आ–आफ्नो स्थानबाट सहयोग गर्नु मानवीय दायित्व र कर्तव्य भएको महानगरपालिकाको भनाइ छ।

महानगरपालिकाले बाढी प्रभावित परिवार तथा समुदायको राहत, उद्धार, उपचार र पुनर्स्थापनाका लागि देश–विदेशमा रहेका नेपाली, उद्योगी–व्यवसायी, संघसंस्था, सामाजिक अभियन्ता, नागरिक समाज तथा आम नागरिकलाई सहयोगका लागि अपिलसमेत गरेको छ।

महानगर प्रमुख नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत विजय कुमार शर्माद्वारा जारी विज्ञप्तिमा विपद् कसैको प्रतीक्षा गरेर नआउने उल्लेख गर्दै यसको सामना एकताबद्ध भएर गर्न सकिने बताएका छन्। महानगरपालिकाले पीडितको पीडामा मलम लगाउन, निराशामा आशा जगाउन र संकटमा मानवताको हात बढाउन सबैलाई एक ठाउँमा उभिन आह्वान गरेको छ।

0 Comments