१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी अपडेट: ४६९ जनाको मृत्यु, ९७७ अझै बेपत्ता, उद्धारका लागि ड्रोन र हेलिकप्टर परिचालन

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ४ सय ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी ९ सय ७७ जना अझै बेपत्ता छन् ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले शुक्रवार सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार, बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३ हजार २५३ जनाको जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये ५ सय जनालाई बिहीबार मात्रै जलविद्युत आयोजनाको टनेल (सुरुङ) बाट निकालिएको थियो । सुरुङमा अझै केही व्यक्तिहरू फसिरहेको र उनीहरूको उद्धार प्रयास जारी रहेको डा. उप्रेतीले बताए ।

उद्धार कार्यलाई तीव्रता दिन शुक्रवार बिहानै तीनवटा हेलिकप्टर परिचालन गरिएको छ । सडक सञ्जाल विच्छेद भएका ठाउँमा खाद्यान्न पुर्‍याउन एक टनसम्म तौल बोक्न सक्ने ‘लिफ्टिङ ड्रोन’ प्रयोग गरिएको प्राधिकरणले जनाएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोलीलाई शव व्यवस्थापन, उद्धार र आवश्यकता पहिचानका लागि विभिन्न स्थानमा खटाइएको छ । हेलिकप्टरका लागि नुवाकोट स्टेशनबाट इन्धन आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ ।

प्राधिकरणका अनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १ सय ७८ र नवलपरासी पूर्वमा ११० जना रहेका छन् । अन्य जिल्लाहरूमा गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव प्राप्त भएको छ । कतिपय स्थानमा मानव अंगहरू मात्र फेला परेकाले पहिचानमा चुनौती देखिएको छ ।

बेपत्ता हुनेहरूमा सुरक्षाकर्मी र सरकारी कर्मचारीको संख्या पनि ठुलो छ । नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारी अझै सम्पर्कविहीन छन् । यस्तै, रसुवाबाट १६१ र नुवाकोटबाट १ जना सर्वसाधारण बेपत्ता भएको विवरण प्राप्त भएको छ । बाढीमा परी घाइते भएका ७३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेत्रावती क्षेत्रमा रहेका १७ जना घाइतेलाई तत्काल अक्सिजनको आवश्यकता परेकाले सोको व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ ।

उत्तरगया, डाँडागाउँ र किस्पाङ गाउँपालिकाको सीमा क्षेत्रमा करिब एक सय जना तथा लिरिंगे स्कुलमा १ सय ५० जना मानिसहरू सुरक्षित अवस्थामा रहेका छन् । उनीहरूलाई त्रिशूली नदी पार गराएर सुरक्षित गन्तव्यमा पुर्‍याउने काम भइरहेको छ । यस्तै, २ सय १६ मेगावाटको त्रिशूली हाइड्रोपावरमा रहेका व्यक्तिहरूका लागि खाद्यान्न प्रबन्ध मिलाइएको र नदी किनारमा भेटिएका शवहरूको व्यवस्थापन भइरहेको जानकारी डा. उप्रेतीले दिए । प्राधिकरणले विपद् व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र २४ सै घण्टा परिचालित रहेको जनाएको छ ।

0 Comments