काठमाडौँ । लोक सेवा आयोगले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का सात पदको लिखित परीक्षा कार्यक्रम संशोधन गरेको छ।
आयोगको सुरक्षा निकाय तथा सङ्गठित संस्था महाशाखाअन्तर्गत लिखित परीक्षा सञ्चालन शाखाले मुलुकमा उत्पन्न प्राकृतिक प्रकोपबाट सिर्जित विषम परिस्थितिका कारण परीक्षा तालिका परिवर्तन गरिएको जनाएको छ।
यसअघि भदौ १३ देखि १७ गतेसम्म सञ्चालन हुने गरी तय भएका जुनियर टेक्निसियन, सहायक, टेलिकम इन्जिनियर (कम्प्युटर), वरिष्ठ लेखा अधिकृत, सिनियर टेक्निसियन, सहायक प्रशासनिक अधिकृत र प्रशासनिक अधिकृत पदका परीक्षा भदौ २० देखि ३१ गतेसम्म सञ्चालन हुनेछन्।







