१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, राहत तथा उद्धार र शव व्यवस्थापनमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन् । 

नेता आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा सडक पिच भएपनि लेदो र माटोका कारण यातायात ठप्प रहेको बताए। तत्काल स्काभेटर प्रयोग गरेर लेदो पन्छाउन सके सवारी साधन र बेलिब्रिजका सामग्रीहरू सम्बन्धित स्थलसम्म पुर्‍याउन सहज हुने उनको भनाइ छ । यस विषयमा प्रधानमन्त्रीले काम भइरहेको जानकारी दिएको उनले बताए। पुलहरू क्षतिग्रस्त भएको र मौसमको प्रतिकूलताका कारण हेलिकप्टरबाट गरिने उद्धारमा समेत समस्या देखिएकाले विकल्पका रूपमा तुरुन्त ‘तुइन’को व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्रीले हालसम्म ३–४ स्थानमा तुइन जडान भइसकेको र यसलाई अझ तीव्रता दिने आश्वासन दिएको उनले जानकारी दिए ।

प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा देवीघाटस्थित वृद्धाश्रममा बाढी पस्दा ८० वर्षभन्दा माथिका ६ जना ज्येष्ठ नागरिकको मृत्यु भएको दु:खद् जानकारी पनि उनले दिए । उद्धार गरिएका अन्य वृद्धवृद्धाहरूलाई हाल आयुर्वेदिक अस्पतालमा राखिएको छ । नेता आङ्देम्बेले विपद् क्षेत्रमा रहेका शवहरू सड्न थालेकाले त्यसबाट फैलिन सक्ने दुर्गन्ध र महामारीप्रति चिन्ता व्यक्त गरे । 

उनले भने, ‘सेनाको ठूलो हेलिकप्टर सबै ठाउँमा अवतरण हुन सक्दैन र सानो हेलिकप्टरले एकपटकमा ५–६ जनाभन्दा बढी ल्याउन सक्दैन । त्यसैले जहाँ पुलहरू छैनन्, त्यहाँ तत्काल तुइन राख्न मैले सुझाव दिएको छु । मैले त्यहाँका सुरक्षाकर्मी र स्थानीयलाई दुर्गन्धका कारण स्वास्थ्यमा आउन सक्ने जोखिमबारे सचेत गराउँदै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छु । शव व्यवस्थापनमा ढिलाइ हुँदा अर्को गम्भीर समस्या निम्तिन सक्छ ।’

शव व्यवस्थापनका विषयमा प्रधानमन्त्रीले विशेष ‘ब्याग’हरूको व्यवस्था गरिएको र उचित तापक्रम व्यवस्थापन गरी शवहरू सुरक्षित राखिने वा डीएनए परीक्षणका लागि नमूना संकलन गरी तत्काल खाडलमा पुरिने व्यवस्था मिलाइएको बताएको नेता आङ्देम्बेले जानकारी दिए। 

पहिचान खुलेपछि मात्र शवहरू परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढिसकेको सरकारको दाबी छ । 

0 Comments