१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी: सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेट गरी भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

 प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङ्देम्बेले बाढीग्रस्त नुवाकोटको ढुंगेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि नौ बुँदे ध्यानाकषर्णपत्र सरकारलाई बुझाएका हुन् ।

भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे स्थलगत रूपमा देखिएका समस्या समाधानका साथै हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिएको उनले बताए । नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय रहेको उल्लेख गर्दै नेता आङ्देम्बेले रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न माग गरे ।

सडक र पुल तत्काल सञ्चालनमा ल्याएर रसुवा, नुवाकोट र धादिङका अवरुद्ध मार्ग सफा गरी आवागमन सञ्चालन गर्न, क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा सात स्थानमा बेली ब्रिज जडान गर्न पनि प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बेले माग राखे । विद्युत् र सञ्चार सेवा सञ्चालन गर्न, उद्धार, राहत र सञ्चारलाई सहज बनाइनुपर्ने उनको जोड छ । 

सम्पर्कविहीनको खोजी र शव व्यवस्थापन तीव्र पार्न, बाढीले बगाएर ल्याएका शवहरू यत्रतत्र रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी सम्पर्कविहीनको खोजी, शव पहिचान र उचित व्यवस्थापन गरिनुपर्ने नेता आङ्देम्बेले सरकारसँग आग्रह गरे ।

उद्धार गरिएका नागरिकको यातायात व्यवस्था गर्न, सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौँसम्म पुर्‍याउने यातायातको व्यवस्था गर्नुपर्ने उनको माग छ । घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिन, नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि आवश्यक अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था गरी ज्येष्ठ नागरिकका लागि पर्याप्त शय्या उपलब्ध गराइनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न, उद्धार तथा राहतमा स्थानीय सरकारसँग सङ्घीय सरकारले आवश्यक समन्वय र सहकार्य बढाउन तथा राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक सङ्घसंस्थालाई समेत सहजीकरण गरिनुपर्ने उनले बताए ।

त्रिशूलीसहित नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्न पनि प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको ध्यानाकर्षण गराएका छन् । विपद्को कठिन घडीमा नागरिकको जीवन रक्षा सर्वोच्च प्राथमिकता राखी उद्धार, राहत र पुन:स्थापनालाई तीव्र बनाउन माग गर्दै यसमा सहकार्य र समन्वय गर्न नेपाली काँग्रेस तयार रहेको नेता आङ्देम्बेले जनाएको उनको सचिवालयले जनाएको छ ।

0 Comments