काठमाडौँ । हालैको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले शाखा अधिकृत ब्याट-३८ परिवार तथा सम्बन्धित समूहका सदस्यहरूले दुई लाख एक हजार ६४८ रुपैयाँ स्वेच्छिक सहयोग जुटाएका छन्।
ब्याट-३८ परिवारका अनुसार समूहका सदस्यबाट एक लाख ३१ हजार १२४ रुपैयाँ संकलन गरिएको छ। यसबाहेक बीएटी–३८ समूहका सदस्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआरमार्फत ३१ हजार २४ रुपैयाँ सोझै जम्मा गरेका छन्।
त्यस्तै, कर्णाली र महाकाली समूहबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्यूआरमार्फत ३९ हजार ५०० रुपैयाँ सहयोग गरिएको जनाइएको छ। यी सबै गरी स्वेच्छिक रूपमा संकलन तथा जम्मा गरिएको सहयोग रकम दुई लाख एक हजार ६४८ रुपैयाँ पुगेको हो।
ब्याट-३८ परिवारले उक्त योगदान कुनै प्रतिस्पर्धा वा बाध्यताको विषय नभई विपद्को समयमा प्रभावित नागरिकप्रतिको मानवीय दायित्व निर्वाह गर्ने प्रयासका रूपमा गरिएको जनाएको छ।






