१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘धादिङबेंसी जोड्ने फुर्केखोलामा तत्काल बेलीब्रिज राख्न सक्ने देखिएन’ : महानिर्देशक डा. जैसी

अ+ अ-

काठमाडौँ । रसुवा बाढीले बगाएको काठमाडौँ धादिङबेंसी जोड्ने फुर्केखोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ ।

बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्केखोलाको पुल बगाएपछि धादिङवेशी जाने वैकल्पिक सडक मार्ग खोजिएको सडक विभागले जनाएको छ ।

फुर्केखोलमा तत्काल बेलीब्रिज राख्न सक्ने स्थिति नदेखिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए । उनका अनुसार बाढीले ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुलसँगै एउटा पियरसमेत बगाएको छ ।

पुलको स्थलगत अनुगमन गर्दै उनले फुर्केखोलामा तत्काल बेलीब्रिज राखेर सडक सञ्चालन गर्न समस्या रहेको बताए ।

तत्कालका लागि बेलीब्रिज राख्ने सम्भावनाबारे अध्ययन भइरहेको भए पनि पुलको लम्बाइ र एउटा पियर बगाएको कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उनको भनाई छ । यद्यपि पुल सञ्चालनको लागी विभिन्न वैकल्पिक उपायहरूका बारेमा सडक विभागले अध्ययन गरिरहेको उनले जानकारी दिए ।

विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने उनले बताए । प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्नेछ ।

उनका अनुसार उपलब्ध संरचनालाई प्रयोग गरेर नयाँ डेक निर्माण गर्ने वा हालको पुलसँग जोडेर नयाँ पुल निर्माण गर्नुपर्ने विकल्पमा विभागले अध्ययन गर्नेछ ।

पुरानै संरचनालाई प्रयोग गरेर नयाँ डेक माथि राखेर संरचना जोड्न पनि सकिने उनको भनाई छ । तर त्यसो गर्न नसकिएमा नयाँ पुल पनि बनाउनुपर्ने हुन सक्ने उनको भनाई छ । स्थायी पुल निर्माणका लागि प्राविधिक अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

उनले भने, ‘यो हाम्रो ठूलो र महत्वपूर्ण लाइफलाइन ब्रिज थियो । मित्रराष्ट्रको सहयोगमा धेरै पहिला निर्माण भएको राम्रो खालको स्टिल प्लेट गर्डर ब्रिज थियो । अस्तिको ठूलो र डिभास्टेटिङ खालको वर्षा, बाढी तथा पहिरोले यो पुल बगाएर लग्यो । यो पुल ११८ मिटर लामो थियो, पुलको एकातिरको एउटा पियरसमेत बाढीले बगाएको छ । अहिले तत्काल यातायात सञ्चालनका लागि बेली ब्रिज राख्न सकिन्छ कि भनेर हामीले हेरिरहेका छौँ । तर, पुलको लम्बाइ र पियरको अवस्थालाई हेर्दा तत्काल बेली ब्रिज राख्न केही कठिन हुने देखिएको छ । यद्यपि, हामी यसको ठ्याक्कै मापन गर्न एउटा प्राविधिक टोली पनि पठाउँदै छौँ । सम्भव भएमा बेली ब्रिज राखेरै तत्काल यातायात सञ्चालन गर्ने हाम्रो विचार थियो । तर, अहिले स्थलगत निरीक्षण गर्दा लामो स्पानको बेली ब्रिज यहाँ उपलब्ध हुने अवस्था देखिएन । छोटो स्पानका बेली ब्रिजलाई दुईतिरको पियरसँग जोड्दा पनि आवश्यक लम्बाइ हामीसँग भएको बेली ब्रिजभन्दा बढी हुने देखिन्छ । त्यसैले तत्काल बेलीब्रिज राख्न सकिने अवस्था देखिएको छैन । अब हामी दुई वटा विकल्पमा जान सक्छौँ । पहिलो, अहिले रहेका संरचनालाई प्रयोग गरेर त्यसमाथि नयाँ डेक राख्न सकिन्छ । त्यसलाई स्थायी प्रकृतिको संरचनाका रूपमा निर्माण गर्न सकिन्छ । दोस्रो, यही पुलसँग जोडेर नयाँ पुल निर्माण गर्नुपर्ने हुन सक्छ । यस विषयमा हामी तत्कालै विस्तृत प्राविधिक अध्ययन गर्छौँ । त्यसपछि कति दिनमा र कुन तरिकाले यातायात सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट भन्न सक्छौँ । यो पुल बनाउनै पर्छ । त्यसका लागि आवश्यक प्राविधिक अध्ययन गरेर तुरुन्तै निर्माण प्रक्रियामा जाने विषयमा हामी चाँडै निर्णय गर्छौँ ।’

बाढीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

जैसीका अनुसार मासटारतर्फको पुल सुरक्षित रहेकाले फुर्केखोलाबाट मासटारसम्मको सडकलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको छ । उक्त सडकलाई तत्काल ग्राभेल गर्ने र सडक आवागमन सहज बनाउने विभागको तयारी रहेको उनले बताए।

0 Comments