१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीमा मृत्यु पुष्टि हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । भीषण बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा मृत्यु भएका ७५२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिउँसो १ बजेसम्मको विवरण सार्वजनिक गर्दै मृत्यु पुष्टि भएकाको संख्या ७५२ पुगेको जनाएको हो।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ तथा रसुवामा १३ जनाको शव फेला परेको छ।

विपद्का घटनामा २३९ जना घाइते भएका छन्। उनीहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्राधिकरणले जनाएको छ।

बाढीपछि २ हजार ५०२ जना अझै सम्पर्कविहीन रहेका छन्। यसमध्ये जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना रहेका छन्। त्यस्तै, ५९२ विदेशी नागरिक र उनीहरूसँग रहेका १२७ नेपाली नागरिकको अवस्था अझै अज्ञात रहेको विवरणमा उल्लेख छ।

स्थानीयतर्फ रसुवाका ५६२ र नुवाकोटका ११५ जना सम्पर्कविहीन छन्। उद्धार तथा राहतमा परिचालित सुरक्षाकर्मीमध्ये पनि केही सम्पर्कमा आउन सकेका छैनन्। प्राधिकरणका अनुसार नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ जना सुरक्षाकर्मी बेपत्ता छन्।

यसबीच ८ हजार ७३० जनाको जीवित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये सशस्त्र प्रहरीले ३५७, नेपाली सेनाले २ हजार ९७४ र नेपाल प्रहरीले २ हजार ६९९ जनालाई उद्धार गरेका छन्।

जलविद्युत् आयोजनाका सुरुङमा फसेका २७९ जनालाई हेलिकप्टरमार्फत बाहिर निकालिएको प्राधिकरणले जनाएको छ। समग्र हवाई उद्धार अभियानबाट २ हजार ८४५ नेपाली तथा २३६ विदेशी नागरिकलाई सुरक्षित स्थानमा ल्याइएको छ।

विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई निरन्तरता दिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका ८ हजार ३१९, नेपाल प्रहरीका ७ हजार २९३ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी १९ हजार ८९५ सुरक्षाकर्मी उद्धार तथा खोजी कार्यमा खटिएका छन्।

0 Comments