१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरी निरीक्षक ढकालविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसमेत प्रतिवादी रहेको घुस-रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

अख्तियारका अनुसार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस, लुम्बिनी, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक ढकाल र सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीले घुस-रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको थियो।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुरमा १५ हजार रुपैयाँ बिगो कायम गर्दै उक्त रकम बराबर जरिवाना तथा कानुनबमोजिम कैद सजायको मागदाबी गरेको थियो।

विशेष अदालतले २०८२ फागुन २७ गते उक्त मुद्दामा आंशिक सफाइ दिएको थियो। विशेष अदालतको फैसलाप्रति चित्त नबुझेपछि आयोगले त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको हो।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार २०८३ भदौ १५ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।

आयोगले विशेष अदालतबाट भएको आंशिक सफाइको फैसलामाथि पुनरावेदन गर्दै अभियोगमा लिइएको मागदाबी अनुसार कानुनी निरूपण हुनुपर्ने आधारमा सर्वोच्च अदालतको न्यायिक परीक्षणमा मुद्दा अघि बढाएको हो।

0 Comments