काठमाडौँ । काठमाडौँको विष्णुमती नदीमा जलसतह खतरा तह नजिक पुगेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भदौ १५ गते राति ८:४० बजे सूचना जारी गर्दै गोंगबु जल मापन केन्द्रमा नदीको जलसतह बढिरहेको जनाएको हो।
महाशाखाले विष्णुमती नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले आसपासका बासिन्दालाई सोमबार बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नदी किनार तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई नदी आसपास नजान, सुरक्षित स्थानमा रहन र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई निरन्तर पछ्याउन आग्रह गरिएको छ।






