१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छैटौँ दिन पनि त्रिशूली-थ्री ‘ए’का कर्मचारीको उद्धार हुन सकेन

केबल एक्सेस टनेल फेला परे पनि पानी र लेदोका कारण उद्धार टोली विद्युत् गृहसम्म पुग्न सकेको छैन। सुरुङभित्र रहेका कर्मचारीको अवस्था अझै यकिन हुन नसक्दा उनीहरूको उद्धारका लागि प्रयास जारी छ।

अ+ अ-

काठमाडौँ । बाढीपछि त्रिशूली-थ्री ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहमा रहेका कर्मचारीको छैटौँ दिनसम्म पनि उद्धार हुन सकेको छैन।

उद्धार टोलीले आइतबार आयोजनाको ‘केबल एक्सेस टनेल’ पत्ता लगाए पनि सुरुङभित्र पानी र लेदो भरिएका कारण सोमबारसम्म विद्युत् गृहमा प्रवेश गर्न नसकेको हो।

नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीका अनुसार हाल काम भइरहेको स्थानबाट करिब १८३ मिटरभित्र आयोजनाको भूमिगत विद्युत् गृह छ। कर्मचारी जीवित रहेको अवस्थामा सोही क्षेत्रमा भेटिन सक्ने सम्भावनालाई ध्यानमा राखेर त्यहाँसम्म पुग्ने प्रयास भइरहेको छ।

सुरुङ खन्ने क्रममा भित्रबाट सिपेज भएको पानीसँगै लेदोसमेत बाहिर आइरहेकाले प्रवेशका लागि सुरुङको भित्ता थप काट्नुपर्ने अवस्था आएको छ।

भूमिगत विद्युत् गृहमा सामान्य अवस्थामा सिपेज भएर जम्मा हुने पानी मोटरमार्फत बाहिर निकाल्ने व्यवस्था हुन्छ। तर बाढीपछि विद्युत् उत्पादन बन्द हुँदा उक्त प्रणाली प्रभावित भएको र पानी जम्मा भएको बताइएको छ।

उद्धारको प्रारम्भिक चरणमा आवश्यक उपकरण र जनशक्ति घटनास्थलसम्म पुर्‍याउन कठिनाइ भएको थियो। नजिकै रहेका दुई एक्साभेटर मर्मत गरेर काम सुरु गरिएकोमा सोमबार नेपाली सेनाको टोलीले थप एउटा एक्साभेटर घटनास्थलमा पुर्‍याएको छ। आवश्यक अन्य उपकरण पनि क्रमश: पुर्‍याइएको छ।

तीन दिनसम्म लगातार खोज तथा उद्धारमा खटिएको टोलीले आइतबार केबल एक्सेस टनेल फेला पारेको थियो। सोही सुरुङबाट विद्युत् जडान गर्ने तथा भित्र रहेका व्यक्तिबाट कुनै संकेत प्राप्त हुन्छ कि भनेर प्रयास गरिए पनि अहिलेसम्म कुनै संकेत प्राप्त भएको छैन।

सुरुङभित्रको विद्युत् गृहसम्म लेदो र अन्य डेब्रिस नपुगेको अवस्थामा कर्मचारीको जीवित उद्धारको सम्भावना रहने अपेक्षा गरिएको छ। विद्युत् गृहमा करिब १५ दिनसम्म पुग्ने अक्सिजनको व्यवस्था रहेको र सिपेजको पानीसमेत उपलब्ध हुन सक्ने भएकाले उद्धार टोलीले प्रयासलाई निरन्तरता दिएको छ।

नेपाल विद्युत् प्राधिकरणको ६० मेगावाट क्षमताको त्रिशूली–थ्री ‘ए’ जलविद्युत् आयोजना सञ्चालनमा रहेको आयोजना हो। बाढी आउनुअघि आयोजना बन्द गरेर मर्मत तथा ओभरहलिङको काम भइरहेको थियो।

त्यसक्रममा भूमिगत विद्युत् गृहमा करिब ४० देखि ४२ जना प्राविधिक तथा इन्जिनियर काम गरिरहेका थिए। बाढीले आयोजनाका माथिल्लो र तल्लो सुरुङ प्रभावित गरेपछि अहिले उद्धार टोलीले विद्युत् गृहबाट तार निकाल्न प्रयोग हुने केबल एक्सेस टनेलमार्फत भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ।

0 Comments