१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूली-३एमा टनेल हेड फेला, पाँच आयोजनाका सुरुङमा खोज तथा उद्धार तीव्र

नेपाली सेनासहित स्वदेशी तथा विदेशी विज्ञ सम्मिलित संयुक्त टोलीले चिलिमे, लाङटाङ, अपर त्रिशूली–१, त्रिशूली–३ए र त्रिशूली–३बीमा खोज तथा उद्धार जारी राखेको छ। प्रभावित क्षेत्रमा सेनाका ९ हजार २ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष परिचालित छन्।

अ+ अ-

काठमाडौँ । बाढी प्रभावित जलविद्युत् आयोजनाका टनेलमा फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनासहित स्वदेशी तथा विदेशी विज्ञ सम्मिलित संयुक्त टोलीले विभिन्न स्थानमा सुरुङभित्र प्रवेश गरेर खोजी तीव्र बनाएको छ।

नेपाली सेनाले मंगलबार बिहान ११ बजेसम्म सार्वजनिक गरेको हवाई तथा जमिनी खोज तथा टनेल उद्धार अपडेटअनुसार चिलिमे हाइड्रो, लाङटाङ हाइड्रो, अपर त्रिशूली–१, त्रिशूली–३ए र त्रिशूली–३बीमा खोज तथा उद्धार कार्य भइरहेको छ।

सेनाका अनुसार मंगलबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरिएको छ।

तीन आयोजनाका टनेलभित्र ५० देखि २०० मिटरसम्म खोजी
चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र प्रवेश गरी करिब ५० मिटरसम्म पुगेर खोजी गरिरहेको छ।

लाङटाङ हाइड्रोमा पनि विदेशीसहितको संयुक्त टोली टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धारमा जुटेको छ।

अपर त्रिशूली–१ हाइड्रोमा संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र करिब २०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरिरहेको सेनाले जनाएको छ।

त्रिशूली–३एमा टनेल हेड फेला, हावा दिँदै पानी निकालिँदै
त्रिशूली–३एमा टनेल हेड फेला परेको छ। सेनाका अनुसार कम्प्रेसरबाट टनेलभित्र हावा दिने र पानी निकाल्ने काम भइरहेको छ।

टनेलको पछाडितर्फ रहेको वैकल्पिक मार्ग खोल्न तीनवटा एक्स्काभेटर प्रयोग गरिएको छ। उक्त वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ भने रक ब्रेकर प्रयोग गरी टनेलभित्र प्रवेश गर्ने स्थान बनाउन ढुङ्गा फुटाउने काम भइरहेको छ।

त्रिशूली–३बीमा पनि विज्ञसहितको टोली परिचालन गरिएको छ। टोलीले टनेलमा प्रवेश गर्ने प्रवेशद्वार पत्ता लगाई भित्र एक्स्काभेटरसमेत प्रयोग गरेर खन्ने काम गरिरहेको छ।

हाइड्रो क्षेत्रबाट तत्कालै २७९ जनाको जीवित उद्धार
बाढीपछि तत्काल गरिएको उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजना क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरिएको सेनाले जनाएको छ।

तीमध्ये रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३एबाट २२१ जना, माथिल्लो त्रिशूली–३बीबाट २ जना, मैलुङबाट ९ जना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जना र देवघाट जलविद्युत् आयोजनाबाट ५ जनाको जीवित उद्धार गरिएको हो।

प्रभावित क्षेत्रमा सेनाका ९ हजार २ सयभन्दा बढी जनशक्ति
प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पनि जमिनी खोज तथा उद्धार जारी छ। स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै उद्धारको आवश्यकता मूल्याङ्कन गर्न पैदल गस्तीमार्फत स्थानीय समुदायसँग अवस्थाबारे जानकारी लिने काम भइरहेको सेनाले जनाएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन्।

उनीहरूले समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

प्रभावित क्षेत्रमा निसंक्रमणको काम
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरण तथा निसंक्रमणका लागि पनि काम भइरहेको छ।

धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र त्रिशूली, देवघाट तथा पृथ्वीचन्द्र अस्पताल परासीको शव सङ्कलन केन्द्र र सुनवल नगरपालिका–४ स्थित मुलपानी सामुदायिक वनको शव व्यवस्थापन क्षेत्रमा निसंक्रमण गरिएको सेनाले जनाएको छ।

अन्य प्रभावित स्थानमा पनि स्थानीय निकायसँगको समन्वयमा निसंक्रमणको काम गर्ने तयारी तथा समन्वय भइरहेको छ।

0 Comments