काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ । संघीय संसद् सचिवालयका बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको अपूरणीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा सदनमा प्रतिनिधित्व गरेका छ दलका प्रतिनिधिले भनाइ राख्ने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
यसअघि यही भदौ १० गते सूचना टाँस गरेर प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो । भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत खोज, उद्धार, राहत तथा पुन:स्थापनामासंलग्न हुनुपर्ने जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।






