१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावितको राहतमा बुटवल पावर कम्पनी समूहद्वारा ५१ लाख ४१ हजार सहयोग

भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार तथा राहतमा सहयोग पुर्‍याउन बीपीसी, आबद्ध कम्पनी र कर्मचारीले जुटाएको ५१ लाख ४१ हजार ९८६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ।

अ+ अ-

काठमाडौँ। बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी), यससँग आबद्ध कम्पनी तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि ५१ लाख ४१ हजार ९८६ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

कम्पनीका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठलाई मंगलबार हस्तान्तरण गरिएको हो।

गत भदौ १० गते आएको बाढीबाट भएको जनधनको क्षतिपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत कार्यमा ऐक्यबद्धता जनाउँदै निजी क्षेत्रका तर्फबाट मानवीय सहयोगस्वरूप रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

सामूहिक सहयोगअन्तर्गत बुटवल पावर कम्पनी र यसका कर्मचारीबाट मात्रै ३३ लाख ३६ हजार ९८६ रुपैयाँ जुटाइएको छ। यसमध्ये कम्पनीले २२ लाख रुपैयाँ तथा व्यवस्थापन र कर्मचारीले ११ लाख ३६ हजार ९८६ रुपैयाँ योगदान गरेका छन्।

त्यस्तै, बीपीसी समूहअन्तर्गत न्यादी हाइड्रो पावर लिमिटेडले ५ लाख ५० हजार, हिमाल पावर लिमिटेडले ५ लाख, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार र खुदी हाइड्रो पावर लिमिटेडले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

कम्पनीले बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै बेपत्ता नागरिकहरू शीघ्र सुरक्षित सम्पर्कमा आउने कामनासमेत गरेको छ।

0 Comments