१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहत कोषमा कुम्मायक गाउँपालिकाको २१ लाख सहयोग

अ+ अ-

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितको सहयोगका लागि पाँचथरको कुम्मायक गाउँपालिकाले रु. २१ लाख ६५ हजार रकम सहयोग गरेको छ ।

कुम्मायक गाउँपालिकाको आज सम्पन्न कार्यपालिका बैठकले बाढीबाट प्रभावितका लागि उद्धार, राहत, पुनर्लाभ र पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रु. २१ लाख ६५ हजार ५५० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले जानकारी दिए । 

उनका अनुसार गाउँपालिकाको राहत व्यवस्थापन कोषबाट रु. एक लाख, जनप्रतिनिधिहरूले प्राप्त गर्ने सुविधाबाट एकामुष्ठ रु. ८७ हजार, गाउँपालिकामा कार्यरत कर्मचारीको तलबबाट रु. पाँच लाख ४६ हजार ५०० र गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीबाट रु. १४ लाख ३२ हजार ५० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । 

गाउँपालिकाले मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै पीडामा परेका बाढी प्रभावितका लागि सहयोग गर्न अपिलसमेत गरेको छ । 

0 Comments