१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूली-३ ‘ए’ टनेलको आउटलेट भेटियो, उद्धारमा नौ हजारभन्दा बढी सैनिक परिचालित

वर्षाका कारण टनेलमा जमेको करिब डेढ मिटर पानी पम्पबाट निकालिँदै छ भने रसुवागढी, लाङटाङ, चिलिमे, अपर त्रिशूली-१ र त्रिशूली-३ ‘बी’ क्षेत्रमा खोज तथा उद्धार जारी छ।

अ+ अ-

काठमाडौँ । नुवाकोटस्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा नेपाली सेनासहितको खोज तथा उद्धार टोलीले आउटलेट फेला पारेको छ।

नेपाली सेनाले बुधबार बिहान ११ बजेसम्मको हवाई तथा जमिनी खोज एवं टनेल उद्धारसम्बन्धी विवरण सार्वजनिक गर्दै ९३ सदस्यीय संयुक्त टोलीले टनेलको आउटलेट फेला पारेको जनाएको हो।

सेनासहितको संयुक्त टोलीले तीन वटा एक्स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो पन्छाएको थियो। कम्प्रेसर मेसिन र ब्रेकर प्रयोग तथा ब्लास्टिङ गरेपछि टनेलको आउटलेट फेला परेको सेनाले जनाएको छ। वर्षाका कारण राति टनेलमा जमेको करिब १.५ मिटर पानी पम्पबाट निकाल्ने काम भइरहेको छ।

विभिन्न आयोजनाका टनेलमा संयुक्त टोली
रसुवागढी जलविद्युत् आयोजनामा उद्धार टोली टनेलको करिब १५० मिटरभित्र पुगेको छ। ठूला चट्टानका कारण टोली थप भित्र प्रवेश गर्न नसकेपछि बुधबार पुनः खोज तथा उद्धार कार्य अघि बढाइएको छ।

लाङटाङ जलविद्युत् आयोजनामा विदेशी विशेषज्ञसहित २५ सदस्यीय संयुक्त टोली टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धारमा जुटेको छ। चिलिमे जलविद्युत् आयोजनामा पनि विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ।

रसुवाको हाँकुस्थित अपर त्रिशूली–१ आयोजनामा नेपाली सेनाको टोली परिचालित छ।
त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ६१ जना, तीन जना गैरसैनिक र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली खटिएको छ। टोलीले आयोजनाको कार्यालय तथा निवास पहिचान गरी उक्त क्षेत्रसम्म पुग्न एक्स्काभेटरबाट बाटो बनाइरहेको सेनाले जनाएको छ।

टिमुरेबाट ‘स्लिङ लोड अपरेसन’ सुरु
प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती भइरहेको छ। स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै उद्धारको आवश्यकता मूल्याङ्कन गर्न समुदायसँग प्रत्यक्ष रूपमा अवस्था बुझ्ने काम भइरहेको सेनाले जनाएको छ।

त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार र नुवाकोटका विभिन्न स्थानमा खोज तथा उद्धार जारी छ। टिमुरे क्षेत्रमा फेला परेका शव व्यवस्थापनका लागि त्रिशूलीसम्म ल्याउन ‘स्लिङ लोड अपरेसन’ सुरु गरिएको छ।

नौ हजार दुई सयभन्दा बढी सैनिक परिचालित
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका नौ हजार दुई सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन्।

सेनाले अन्य निकायसँगको समन्वयमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारको काम गरिरहेको जनाएको छ।

0 Comments