१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् प्राधिकरणले भन्यो ; ‘विभिन्न जलविद्युत् आयोजनाका ४९ कर्मचारीसँग अझै सम्पर्क हुन सकेन’

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजना, वितरण केन्द्र, सबस्टेसन तथा प्रसारण लाइनमा कार्यरत ४९ कर्मचारी तथा कामदारसँग सम्पर्क हुन नसकेको जनाएको छ। विपद्का परेका उनीहरूको खोज तथा उद्धार कार्य चौबीसै घण्टा जारी रहेको प्राधिकरणले जनाएको हो।

प्राधिकरणका अनुसार देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक सुरक्षा गार्ड, त्रिशूली जलविद्युत् केन्द्रका एक कर्मचारी र दुई सुरक्षा गार्ड, माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् केन्द्रका ४२ कर्मचारी तथा कामदार सम्पर्कविहीन छन्।

त्यसैगरी रसुवा वितरण केन्द्रका एक कामदार, त्रिशूली-३ ‘बी’ हब २२० केभी सबस्टेसनका एक सुरक्षा गार्ड तथा चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाका एक कर्मचारीको अवस्था पनि सम्पर्कमा आउन सकेको छैन।

यसबीच प्राधिकरणले जटिल भौगोलिक अवस्था, प्रतिकूल मौसम र आवश्यक उपकरण हवाई माध्यमबाट प्रभावित क्षेत्रमा पुर्‍याउनुपर्ने अवस्थाबीच उपलब्ध स्रोतसाधन अधिकतम परिचालन गरी उद्धार अभियान सञ्चालन गरिरहेको जनाएको छ।

त्रिशूली नदीमा ढुंगा, बालुवा र माटोलगायतका पदार्थ थुप्रिँदा पानीको सतह बढेको तथा टनेलको मुख्य प्रवेशद्वार र पावर हाउस क्षेत्र पुरिएको प्राधिकरणको भनाइ छ। पावर हाउससम्म पुग्न टनेलबाट प्रवेश गर्ने बाटो निर्माण भइरहेको छ। बाटो बनाउने क्रममा भेटिएका ठूला ढुंगा विस्फोट गराएर हटाउने कामसमेत भइरहेको छ।

टनेलको प्रवेशद्वार नदीको पानीको सतहभन्दा तल रहेकाले टनेल तथा निर्माण गरिएको प्रवेश मार्गमा जम्मा भएको पानी पम्पमार्फत बाहिर निकाल्ने काम पनि भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार भदौ १७ गते दिउँसो १ बजेसम्म उद्धार तथा पहुँच निर्माणका यी कार्य जारी रहेका छन्। सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीलाई निरन्तरता दिइएको छ।

0 Comments